बंगलादेशमा तीन महिनापछि सबैभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिए


प्रकाशित मिति : पुस १९, २०७८ सोमबार

कोरोना भाइरस सङ्क्रमण बढेसँगै बंगलादेशमा थप सतर्कता अपनाउन थालिएको छ । बंगलादेशमा सङ्क्रमण बढेपनि लकडाउन भने नगरिने अधिकारीहरुले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ गएको तीन महिना यताकै सबैभन्दा धेरै सङ्क्रमित देखिएका बताएका छन् ।

पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा भेरियन्टका कारण कोरोना सङ्क्रमितको संख्यामा वृद्धि भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।बंगलादेशका सङ्क्रामक रोग विशेषज्ञहरुले यदि मानिसहरुले जनस्वस्थ्यका नियमको पालना गरेनन् भने यहाँ थप संकट बढ्न सक्ने बताएका छन् ।

पछिल्लो हप्तामा यहाँ यो भाइरस निकै तीव्र गतिमा फैलिरहेको बताएका छन् । उनीहरुका अनुसार यहाँ आइतबार मात्र ५५७ जनामा यो सङ्क्रमण बढेको बताइएको छ ।यो बृद्धिदर २।९७ हो । आइतबारको मात्र संक्रमित दर यतिधेरै देखिएको र यो गएको तीन महिनायताकै सबैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन् ।

हालसम्म बंगलादेशमा १५ लाख ८६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्यस्तै यहाँ २८ हजारभन्दा बढी मानिसको यो सङक्रमणबाट मृत्यु भएको बताइएको छ । यहाँ पछिल्लो समयमा एक घातक भाइरसका रुपमा देखिएको ओमिक्रोन भेरियन्टका बारेमा भने केही बताइएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com