न्युयोर्कमा यो सिजनको पहिलो हिमपात सोमबार, ३ इन्चसम्म हिमपात हुने, विहानको यात्रा खतरापूर्ण


प्रकाशित मिति : पुस १८, २०७८ आईतबार

न्युयोर्कमा सोमबार यो सिजनको पहिलो हिमपात हुने भएको छ । सोमबार न्युयोर्क सिटीमा तीनइन्चसम्म हिमपात हुने मौषमविदहरुको अनुमान रहेको छ । तापक्रम उच्च भएको भोलिपल्ट नै हिमपात हुनुलाई सन् २०२२ को अनौठो सुरुवात मानिएको छ ।

आइतबार न्युयोर्कको तापक्रम उच्च बिन्दुमा पुगेको थियो भने त्यसको १२ घण्टापछि हिमपात हुने भएको छ । आइतबार सेन्ट्रल पार्कको तापक्रम ६८ डिग्री फरेनहाइटसम्म मापन गरिएको थियो । सोमबार तापक्रम २४ डिग्री फरेनहाइटसम्म तल झर्नेछ भने सोमबार विहान ३ बजेदेखि नै हलुका हिमपात सुरु हुने भएको छ ।

न्युयोर्क, न्युजर्सी र पेन्सिलभेनियासहित आसपासका राज्यमा समेत सोमबार हिमपात हुने भएको छ । कतिपय क्षेत्रमा ८ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ । विहानको हिमपातका कारण यात्रा जोखिमपूर्ण हुने चेतावनी समेत दिइएको छ । न्युजर्सीको ओसन काउन्टीमा सबैभन्दा बढी हिमपात हुने अनुमान गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार तापक्रम केही उच्च हुने र हिउँ पग्लिने अनुमान गरिएको छ । मंगलबार तापक्रमण ३८ डिग्री फरेनहाइटसम्म पुग्नेछ भने आंशिक रुपमा घाम समेत लाग्ने जनाइएको छ । यद्यपी आइतबार रातीदेखि नै न्युयोर्क सिटीका सडकमा नुन छर्न सुरु गरिनेछ । न्युयोर्क सिटीमा ७ सय भन्दा धेरै नुन छर्ने गाडीहरु तयारी अवस्थामा रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com