विवादास्पद संस्कार : फ्रान्समा युवाले ८ सय ७४ कार जलाए,रोक्न खोज्दा ४ प्रहरी घाइते


प्रकाशित मिति : पुस १८, २०७८ आईतबार

नयाँ वर्षको पूर्वसन्ध्यामा फ्रान्समा सयौं कार जलाइएको छ । दशकौं लामो परम्पराको एउटा अंशको रुपमा यो वर्ष ८७४ कार जलाइएको हो । सो विवादास्पद संस्कार रोक्ने क्रममा उत्तरपूर्वी फ्रान्सको स्ट्रसवर्गमा चार जना प्रहरी अधिकारी घाईते भएका छन् ।

कोभिड महामारीका कारण यो वर्ष जलाइने कारको संख्या पहिलेको तुलनामा घटेको फ्रान्सेली अधिकारीहरुले जनाएका छन् । सन् २०१९ मा एक हजार ३१६ र सन् २०२१ मा ८७४ कारहरु जलाइएका थिए । लकडाउनका कारण सन् २०२० को तथ्यांक भने सार्वजनिक गरिएको छैन् ।

कार जलाउने परम्परा सन् १९९० को दशकदेखि स्ट्रसवर्गमा सुरु भएको थियो । न्यून आय भएका युवाहरुले विरोध स्वरुप सुरुमा यस्तो परम्पराको थालनी गरेका थिए, जुन पछि गएर विद्रोह गर्ने एउटा संस्कार बनेको छ । सन् २००५ मा अहिलेसम्मकै ठूलो संख्यामा कार जलाइएको थियो । कार जलाइनुका विभिन्न कारण छन् ।

तीमध्ये युवाहरुको विद्रोह र आपराधिक कार्य ढाकछोप मुख्य कारण हुन् । गृहमन्त्री गिराल्ड डार्मानिनले अघिल्ला वर्षको तुलनमा थोरै कार जलेका भन्दै कानुन कार्यन्वयन निकायका अधिकारी र दमकलका कर्मचारीको प्रशंसा गरे ।  यो वर्ष कार जलाउने ४४१ जनालाई पक्राउ गरिएको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com