अङ्ग्रेजी नयाँ बर्ष : क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिद्वारा शान्ति र महिलामाथिको हिंसा रोक्न आग्रह


प्रकाशित मिति : पुस १७, २०७८ शनिबार

पोप फ्रान्सिसले महिलामाथि हुने हिंसालाई भगवानमाथिको अपमान अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शनिबार दिएको सन्देशमा समस्त विश्व समुदायमा शान्तिका लागि आग्रह गर्नुभएको छ ।

विश्वका १।३ अरब क्याथोलिक धर्मावलम्बीका प्रमुख फ्रान्सिसले ५५औँ विश्व शान्ति दिवसलाई मनाउँदै आफ्नो प्रार्थनालाई विश्वभरि हिंसा रोक्न प्रोत्साहन गर्न समर्पित गर्नुभएको हो । ‘सेन्ट पिटर्स स्क्वायर’ मा भेला भएका अनुयायीहरूको भीडलाई उनीहरूको बैचारिक नेतृत्व शान्ति कायम गर्नका लागि लगाउन आग्रह गर्नुभएको छ । अपोस्टलिक दरबारको झ्यालबाट घमाइलो आकाशमुनि बोल्दै पोपले भन्नुभयो, “शान्ति, शान्ति, शान्ति सोचेर घर जाऔं । हामीलाई शान्ति चाहिन्छ ।”

डिसेम्बर १७ मा ८५ पुगेका पोपले आफ्ना अनुयायीहरूलाई सबैभन्दा कमजोर व्यक्तिहरूतर्फ ध्यान दिनु, अरूलाई क्षमा दिनु र न्यायलाई बढवा दिनुजस्ता शान्तिको लागि ‘ठोस कार्यहरू’ गर्नुपर्ने सुझाव दिनुभयो । “निराश हुनु वा गनगन गर्नु बेकार हो । शान्ति स्थापना गर्न हामीले आफ्नो नङ्ग्रा खियाउनुपर्छ ।”

मार्चमा आफ्नो पोपको नवौं वर्ष सुरु गर्ने फ्रान्सिसले सेन्ट पिटर्स बेसिलिकामा शनिबारको सुरुतिर कुमारी मरियमको सम्मानमा सामूहिक रूपमा महिलाहरू विरुद्धको हिंसालाई परमेश्वरको अपमान भन्नुभएको हो । उहाँले भन्नुभयो, “चर्च आमा हो, चर्च महिला हो । अनि आमाहरूले जीवन प्रदान गर्ने र महिलाहरूले संसारलाई ‘संरक्षण’ गर्ने भएकोले हामी सबैले आमाको सम्मान गर्न र महिलाहरूको सुरक्षा गर्न अझ बढी प्रयास गरौं,”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले थप जोड दिँदै भन्नुभयो, “महिलामाथि कति हिंसा हुन्छ १ पर्याप्त छ १ स्त्रीलाई चोट पुर्याउनु भनेको मानवताको सिर्जना गर्ने उनको नभइ परमेश्वरको अपमान गर्नु हो ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com