कोलोराडोमा भएको आगलागीमा झण्डै ६ सय घर ध्वस्त, नेपालीका घरहरु समेत क्षतिग्रस्त


प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार

कोलोराडोमा भएको भीषण आगलागीमा सयौं घर जलेर नष्ट भएका छन् । बोल्डर काउन्टीमा बिहिबार सुरु भएको आगो केही घण्टामा नै झण्डै १६०० एकडमा फैलिएको थियो भने सयौं घरमा क्षति पुगेको छ । झण्डै ३० हजार व्यक्तिलाई त्यसक्षेत्रबाट खाली गराइएको थियो ।

हावाबाट आगो फैलिदै आगलागीमा झण्डै ६ सय घर ध्वस्त भएका छन् भने कैयन नेपालीहरुका घरहरु पनि जलेर नष्ट भएका छन् । सुपेरियरमा रहेको आफ्नो घर जलेपछि आफूहरु अहिले होटलमा बसिरहेको एकजना नेपालीले जानकारी दिए । कतिजना नेपालीका घर जले भन्नेबारे थप विवरण प्राप्त भएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालीहरुसँगै तिब्बतीहरुका घरपनि जलेर नष्ट भएका छन् ।

आगलागीमा एकजना उद्दारकर्ता र ६ जना अन्य व्यक्ति घाइते भएका छन् । अन्य कुनै मानवीय क्षति भएका विवरण भने आएका छैनन् । तर बोल्डर काउन्टीका प्रहरीले अझ धेरै घाइते भएका हुनसक्ने र मृत्यु समेत भएको हुनसक्ने बताएका छन् ।

१ सय ५ माइल प्रतिघण्टाको दरले हावा चल्दा आगोको फैलावट तीब्र गतिमा भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com