चीनको सियान सहरमा खाद्यन्न अभाव, २ दिनदेखि खान नपाएको स्थानीय वासिन्दाको गुनासो


प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार

A rider travels on an empty road following lockdown measures to curb the spread of the coronavirus disease (COVID-19) in Xian, Shaanxi province, China December 26, 2021. Picture taken December 26, 2021. cnsphoto via REUTERS ATTENTION EDITORS – THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. CHINA OUT.

कोभिडका कारण यसै साता लकडाउन घोषणा गरिएको चीनको पश्चिमी क्षेत्रमा अवस्थित सियान सहरमा खाद्यन्न अभाव भएको छ । सियानमा खाद्यन्न र अन्य अत्यावश्यक सामानको हाहाकार भएको त्यहाँका वासिन्दाले गुनासो गर्न थालेका छन् ।

सन् २०१९ को ३१ डिसेम्बरमा सर्वप्रथम वुहानमा कोभिड देखिपछि चीनले संक्रमण रोक्न विभिन्न उपाय अवलम्बन गर्दै आएको छ ।लकडाउनका कारण आफूहरुले पर्याप्त खाद्यन्न नपाएको सियानका स्थानीयले बताएको  अन्तर्राष्ट्रिय सञ्चार मध्यामहरुले जनाएका छन् । स्थानीय प्रशासनका केही व्यक्तिले निकै थोरै परिमाणमा खाद्य सामाग्री दिने गरेको सो सहरकी वासिन्दा आदा झाओले गुनासो गरेकी छिन् ।

आफूले दुई दिनदेखि खानेकुरा नपाएको अर्की स्थानीय महिलाले गुनासो गरेकी छिन् । ‘हाम्रो समुदायमा अत्यावश्यक सामाग्रीको वितरणबारे केही जानाकारी दिइएको छैन । हामीले कसरी संग्रह गर्न सक्छौं , ?’ उनले प्रश्न गरिन् ।

१ करोड २० लाख जनसंख्या भएको सियानमा अत्यावश्यक आपूर्तिमा पर्याप्त पहुँच भएको त्यहाँको वाणिज्य मन्त्रालयले दाबी गरेको छ । त्यस्तै, बेइजिङले सियानमा खाद्यन्न अभाव नभएको जनाउँदै आएको छ । एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com