अमेरिकासँग ‘प्रभावकारी वार्ता’ हुनेमा आफू विश्वस्त : राष्ट्रपति पुटिन


प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार

युक्रेनबारे तनाव बढ्दै जाँदा रूस र संयुक्त राज्य अमेरिकाबीच बिहीबार थप सम्वाद हुने भएको छ । दुई मुलुकका नेताबीच टेलिफोन वार्ता हुनुभन्दा केही घण्टा पहिले मस्को र वासिङटनबीच ‘प्रभावकारी वार्ता’ सम्भव छ भन्नेमा आफू ‘विश्वस्त’ रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताउनुभएको हो ।

युक्रेनसँगको सीमामा मस्कोको सैन्य गतिविधि कम गर्ने नवीनतम प्रयासमा पुटिन र बाइडेनबीच एक महिना पनि नबित्दै दोस्रो टेलिफोन वार्ता तय भएको हो ।

“म विश्वस्त छु कि हामी आपसी सम्मान र एक अर्काको राष्ट्रिय हितको विचारका आधारमा एक प्रभावकारी रूसी–अमेरिकी वार्ता गर्न सक्छौं,” विश्व नेताहरूलाई क्रिसमस विदामा सकारात्मक सन्देश दिँदै रूसी नेता पुटिनले भनेको क्रेमलिन जनाएको छ ।

एक वरिष्ठ अमेरिकी प्रशासन अधिकारीले संवाददाताहरूसँग भन्नुभयो, “हामी कूटनीति र कूटनीतिक मार्ग अगाडी बढाउनका लागि तयार छौं ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि रूस युक्रेनमा थप आक्रमणका साथ अघि बढ्यो भने विश्व समुदायले उचित प्रतिक्रिया दिन तयार रहने कुरा वार्तामा बाइडेनले पुटिनलाई बताउने अमेरिकी अधिकारीले बताएका छन् । यो फोनवार्ता जनवरी १० मा जेनेभामा रूस र संयुक्त राज्य अमेरिकाबीचको वार्ता पहिले हुनेछ ।

वासिङटनले पूर्व सोभियत राज्य युक्रेन नजिकै रुसी सेनाको चलखेलले चिन्ता बढाएको छ । मस्कोले यस आरोपलाई अस्वीकार गरेको छ र पश्चिमले यस महिनाको सुरुतिर प्रस्तुत गरेको व्यापक सुरक्षा मागहरूमा रूस सहमत हुने आशा गरेको बताएको छ ।

रूसी अधिकारीले बताए अनुसार उत्तर एटलान्टिक सन्धि संगठन ९नाटो०ले नयाँ सदस्यहरू स्वीकार्नु नहुने र संयुक्त राज्य अमेरिकाले पूर्व सोभियत राज्यमा नयाँ सैन्य आधारहरू स्थापना गर्न नहुने चेतावनी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com