अविवाहित अर्बपति व्यापारी रतन टाटाको प्रेम कहानी !


प्रकाशित मिति : पुस १४, २०७८ बुधबार

टाटा ग्रुपका पूर्व अध्यक्ष रतन टाटाले कसैसँग विवाह गरेनन् । तर रतन टाटाको कसैसँग माया नै बसेन भन्ने होइन । एक अन्तर्वार्तामा उनले आफ्नो प्रेम जीवनबारे जानकारी दिएका थिए । उनको जीवनमा प्रेमले एकपटक नभई चारपटक ढोका ढक्ढक्यायो । तर मुश्किल समयमा उनको सम्बन्धको डोरो कमजोर भयो । त्यसपछि रतन टाटाले विवाहबारे कहिल्यै सोचेनन् । रतन टाटाको ८४ औं जन्मदिनमा उनको प्रेम जीवनबारे कुरा गरौं ।

दिग्गज व्यापारी रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा सुरतमा भएको थियो । टाटा ग्रुपका पूर्व अध्यक्षले आफ्नो भिन्न पहिचान बनाए र उत्कृष्ट स्थान हासिल गरे । उनले टाटा ग्रुपलाई नयाँ उचाईका पुर्याउने काम गरे । व्यापारको दुनियाँमा रतन टाटाले अत्यधिक नाम कमाए तर प्रेमको मामिलामा भने उनी असफल भए ।

एक टिभी च्यानलसँगको अन्तर्वार्तामा अविवाहित उद्योगपति रतन टाटाले आफ्नो प्रेम जीवनबारे खुलासा गरेका थिए ।  उनले आफू पनि प्रेममा परेको तर आफूले प्रेमलाई विवाहमा परिणत गर्न नसकेको बताए । टाटाले विवाह नगर्नु नै अहिले आएर ठिक भएको बताएका छन् । उनले भने, ‘मैले विवाह गरेको भए स्थिती निकै जटिल हुन्थ्यो ।’

उनले भने, ‘मेरो कहिल्यै प्रेम बसेन भनेर यदि तपाईं सोध्नुहुन्छ भने म चारपटक विवाह गर्नेबारे गम्भीर भएको थिए र हरेक पटक कुनै न कुनै कारणसहित म पछि हटेँ । ’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो  प्रेमका दिनबारे टाटाले भने, ‘जब म अमेरिकामा काम गरिरहेको थिएँ तब सायद म प्रेमको विषयमा बढी नै सिरियस भएको थिएँ । हामीले एउटै मात्र कारणले विवाह गर्न सकेनौं किनभने म भारत फिर्ता आएँ ।’

रतन टाटाकी प्रेमिका भारत आउन  अनिच्छुक थिइन् । त्यति नै बेला भारत–चीनको युद्ध पनि सुरु भएको थियो । पछि उनकी प्रेमिकाले अमेरिकामा नै कसैसँग विवाह गरिन् ।

उनले प्रेम गरेको व्यक्ति अझै पनि शहरमा छिन् त भनेर प्रश्न सोध्दा उनले ‘हो’ मा जवाफ दिए । तर यो विषयमा उनले थप कुरा गर्न अस्विकार गरे ।  रतन टाटाको जन्म समृद्ध परिवारमा भएको थियो तर उनीहरुको जीवन त्यति सहज रहेन । रतन टाटा जब ७ वर्षका थिए तब उनका आमा–बुवा अलग्गिए । उनको पालन–पोषण उनकी हजुरआमाले गरे ।

रतन टाटालाई कारको अत्यधिक शौक छ । उनको निगरानीमा ग्रुपले ल्यान्ड रोवर, ज्यागुआर, रेन्जरोवर एक्वार बनाए । टाटा न्यानो पनि रतन टाटाकै कम्पनीको निर्माण हो । रतन टाटालाई विमान उडाउने र पियानो बजाउने शौक छ ।

अवकाशपछि टाटाले अब आफ्नो बाँकी जीवन आफ्नो शौक पूरा गरेर बिताउने बताएका थिए । अब म पियानो बजाउनेछु र विमान उडाउने आफ्नो शौख पूरा गर्नेछु ।  भारत सरकारले रतन टाटालाई पद्म भूषण (२०००) र पद्म विभूषण (२००८) द्वारा सम्मानित गरेको छ । यो सम्मान देशको तेस्रो र दोस्रो सर्वोच्च नागरिक सम्मान हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com