अमेरिकाको कोलोराडोमा गोली चल्दा ५ जनाको मृत्यु,कैयौं व्यक्ति घाइते


प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा सोमबार भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित पाँच जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएका छन्।

प्रहरीका अनुसार संदिग्ध व्यक्तिले डेनभर र लेकवुड, कोलोराडोका कम्तिमा सात विभिन्न स्थानहरूमा बन्दुक चलाएको थियो। डेनभरका प्रहरी प्रमुख पॉल पाजेनले पत्रकार सम्मेलनमा बताए अनुसार गोली हानाहान साँझ ५ बजेतिर शुरु भएको थियो। घटनामा दुई वयस्क महिलाको मृत्यु भएको छ भने एक वयस्क पुरुष घाइते भएका छन् ।

पहिलो गोलीबारी घटनाको केही समयपछि, १२ औं एभिन्यू र विलियामा एक वयस्क पुरुषलाई गोली हानी मारिएको थियो। डेनभर प्रहरीले शंकास्पद गाडी देखेपछि खोजी शुरु गरेको थियो।

लेकवुड पुलिसका सार्वजनिक सूचना अधिकारी जोन रोमेरोले जनाएअनुसार लेकवुड पुलिस विभागका एजेन्टहरूले संदिग्धको कार डेनभरबाट भागेको केही समयपछि पहिचान गरेका थिए। घटनाको विस्तृत विवरण आउँन बाँकी छ । गोली प्रहारबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com