नेवा: नख: न्यूयोर्कको नयॉं कार्यसमिति, अध्यक्ष महेन्द्र बीर बज्राचार्य, सल्लाहकार बिष्णुमान प्रधान


प्रकाशित मिति : पुस ७, २०७८ बुधबार

नेवा: नख: न्यूयोर्कको नयॉं कार्यसमितिको अध्यक्षमा महेन्द्र बीर बज्राचार्य निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा डा. नरेश मान शाक्य, द्वितीय उपाध्यक्षमा श्रुति अमात्य, महासचिवमा तुलसी नारायण चित्रकार, सचिवमा संगीता मुखिया छोंचू, कोषाध्यक्षमा सलोनी वन्त श्रेष्ठ, सह-कोषाध्याक्षमा मेनी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने कार्यसमिति सदस्यहरुमा नम्रता प्रधान, दिपक कुमार प्रधान, महेन्द्र कुमार बज्राचार्य, संजन प्रधान, राधिका श्रेष्ठ, अभिषेक छोंचू र शोभना शाक्य निर्विरोध निर्वाचित भएका छन् । नखःको बिधान अनुसार स्वतः निर्वतमान अध्यक्ष बिष्णु मान प्रधान संस्थाको सल्लाहाकार भएका छन् ।

नेवा: नख: न्यूयोर्कको तेस्रो निर्वाचन, प्रमुख निर्वाचन आयुक्त, संस्थापक अध्यक्ष बीरेन्द्र प्रधानले सम्हाल्नु भएको थियोे । उक्त निर्वाचन कमिटीले नयॉं कार्यसमितीको निर्वाचन गरेका थिए ।

बन्द सत्रमा, अध्यक्ष बिष्णु मान प्रधानले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना दिएका थिए भने सभामा उपस्थित सबै सदस्यहरूलाई उहॉंहरूको सहयोग, सपोर्ट र गरिमामय उपस्थितिको लागि हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । साथै उहॉंले अहिलेसम्म नखःको विभिन्न कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण संघ-संस्था, महिला तथा पुरूष स्वयंमसेवी र सहयोगी दाताहरूलाई विशेष धन्यवाद दिएका थिए। बिदेशमा रहेर पनि नेवाः परम्परा, कला-संस्कृति, चाड-पर्व जोगाउन र प्रवर्द्धन गर्न हामी सबै एकजुट भई अगाडी बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।

नेवा: कला संस्कृतिको क्षेत्रमा काम गर्दै सबै समुदायसँग हातेमालो र सहकार्य गर्दै सबै मिली सबैको सहयोगमा नख:लाई अगाडि बढाउने कुरा नव निर्वाचित अध्यक्ष महेन्द्र बीर बज्राचार्यले व्यक्त गरेका थिए भने अन्य पदाधिकारीहरू तथा सदस्यहरूले पनि आ-आफ्ना प्रतिवद्धता व्यक्त गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेवा: नख: न्यूयोर्क – नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सन २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

नेवा: नख: न्यूयोर्कका तत्कालिन  महासचिव डा. नरेश मान शाक्यद्वारा जूमको माध्यमबाट संचालन गरिएको साधारण सभाको अध्यक्षता नख:का अध्यक्ष बिष्णु मान प्रधानले गरेका थिए भने प्रमुख अतिथिमा नख:का संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान थिए । उक्त सभामा उपस्थित सबैलाई उपाध्यक्ष महेन्द्र बीर बज्राचार्यले आफ्नो मन्तव्य मार्फत स्वागत गरेका थिए । नख:का संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान, संस्थापक सचिव संजय शिलाकार र सल्लाहाकार राज कुमार श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको शुरूमै उपस्थित सदस्यहरूको सहभागी दर्ताको कार्य, सचिव संगिता मुखिया छोंचू र सह-कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठले गरेका थिए ।

खुल्ला सत्रमा, महासचिव डा. नरेश मान शाक्यले संस्थाको कार्य प्रगति विवरण तथा गति-बिधीहरू फोटो र भिडियो प्रस्तुत गरी पेश गरेका थिए भने अध्यक्ष बिष्णु मान प्रधान र सह-कोषाध्याक्ष सलोनी वन्त श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

सभामा, दिवंगत हुनुभएका नखःका पूर्व सल्लाहाकार अजय मान छोँचूको संझनामा एक मिनेट मौन धारणा गरिएको थियो भने उहॉंले संस्थालाई दिनु भएको अमुल्य योगदानको प्रशंसा गरिएको थियो र उहॉं सहभागी भएको कार्यक्रमको फोटो र भिडियो पनि प्रस्तुत गरिएको थियो । सबै सहभागीहरूले उहॉंको आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै स-सम्मानका साथ हार्दिक श्रद्धांजली दिए । बक्ताहरूले उहॉंको बारेमा बोल्दै गर्दा केही क्षण सबै सहभागीहरू भावविहोर भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com