एफएनजे यूकेलाई केन्द्रीय अध्यक्ष र महासचिवको साथ, भने- ‘विधानभन्दा बाहिर नजानुस्’


प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार

नेपाल पत्रकार महासंघका केन्द्रीय नेताहरुले महासंघको बेलायत शाखालाई संगठनको विधि, विधान र पद्धतिलाई आत्मसात् गर्दै अघि बढ्न आग्रह गरेका छन् ।

आइतबार शाखाको बैठकलाई सम्बोधन गर्दै महासंघ केन्द्रका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले विधानलाई नै सर्वोपरी मान्दै संगठन अघि बढाउन सुझाव दिएका छन् ।

अध्यक्ष पोखरेलले संगठनभित्र बेलाबेलामा कुनै असन्तुष्टिहरु आउनु स्वभाविक रहेको भन्दै विधिपूर्वक समाधान खोजिनुपर्ने धारणा व्यक्त गरे । ‘संगठनमा कुनै असन्तुष्टिहरु आउंदैमा ठूलो भय, त्रास लिनुपर्ने आवश्यकता छैन। तर असन्तुष्ट साथीहरुलाई पनि सम्बोधन गर्ने क्रममा संस्थाको विधि, विधान र परम्परालाई ध्यानमा राख्दै बुद्धिमतापूर्ण र उदार रुपमा अघि बढ्नुहोस् भन्ने मेरो आग्रह छ’, उनले भने ।

‘विधानभन्दा बाहिर नजानुस् । यसलाई मेरो निर्देशन वा आग्रह, जुनसुकै रुपमा लिनुहोस’, अध्यक्ष पोखरेलले स्पष्ट पार्दै भने, ‘संगठनमा सबैभन्दा मुटु नै विधान हो । सबैलाई समेटेर एउटै छातामा ल्याउनुस् तर विधानलाई टेकेर मात्रै अघि बढ्नुहोस् । संस्थाको विधि, विधान, स्वाभिमान र गौरवमा आँच आउन नदिनुहोस् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एफएनजे यूकेको पाँचौं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै अध्यक्ष पोखरेलले भने, ‘तपाईंहरु प्रक्रियाबाटै आउनुभएका साथीहरुले केही दोधार लिनुपर्ने छैन। ढुक्क भएर काम गर्नुहोस्, तपाईंहरुलाई महासंघ केन्द्रको पूर्ण साथ रहन्छ। तर तपाईंहरु नेतृत्वमा हुनुका नाताले असन्तुष्ट साथीहरुलाई मिलाएर लैजाने कर्तव्य तपाईंहरुकै हुन्छ । संगठनको विधि, पद्धतिभित्रै रहेर असन्तुष्टिहरुको सम्बोधन गर्नुहोस् ।’

त्यसअवसरमा सम्बोधन गर्दै केन्द्रीय महासचिव रोशन पुरीले पनि संगठनको विधि, विधानलाई टेकेरै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । ‘संगठनमा आएका असन्तुष्टिहरुलाई सम्बोधन गर्न वातावरण बनाउनुस्, महासंघको केन्द्रीय समिति पनि सहयोगी भूमिका खेल्न तयार छ’ उनले भने’, तर हरेक कुरा संस्थाको विधानसम्मत हुनुपर्छ । विधानबाहिर गएर कुनै कार्य गर्न सकिंदैन ।’

बेलायत शाखाले नेपाली पत्रकारहरुको हित र प्रवर्द्धनका लागि विगतदेखि नै निरन्तर सहयोग गर्दै आएकोमा महासचिव पुरीले प्रशंसा गरे । ‘तपाईंहरु निर्वाचित भएर आएपछि पनि राम्रा कामहरुको शुरुवात गरिसक्नुभएको छ । यस्तै, जोश र उर्जासहित काम गर्दै जानुहोस्, यो कार्यसमितिलाई केन्द्रीय समितिबाट पूर्ण साथ रहनेछ भनेर विश्वास दिलाउन चाहन्छु ।’

एफएनजे यूकेले नेपालस्थित पत्रकारहरुको सहयोगका लागि पठाएको आर्थिक सहयोगका लागि केन्द्रीय अध्यक्ष र महासचिव दुवैले शाखालाई धन्यवाद दिंदै आगामी केन्द्रीय कार्यसमिति बैठकलगत्तै औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरिने जानकारी गराएका थिए ।

बैठकमा शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा र नरेश खपांगीले पनि मन्तव्य राख्दै शाखाको वर्तमान कार्यसमितिलाई आवश्यक कुनै पनि साथ, सहयोगको लागि प्रतिवद्धता गरे ।

शाखाका अध्यक्ष ध्रुवराज अर्यालले बैठकमा सहभागी भइ सम्बोधन गरिदिएकोमा केन्द्रीय अध्यक्ष र महासचिवप्रति आभार प्रकट गरे । केन्द्रीय समितिका तर्फबाट प्राप्त साथ र हौसलाले शाखालाई थप उत्साहित गरेको भन्दै उनले केन्द्रीय समितिसँग रहंदै आएको झन् नजिकको सहकार्य गर्दै जाने बताए ।

अध्यक्ष अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, सचिवहरु मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा कार्यसमिति सदस्यहरु गोमा राना, नगेन्द्र नेम्वाङ, मिलन तमु, बम थापा सुर्यवंशी र बाचस्पति रेग्मीसहित कार्यसमितिका अधिकांश पदाधिकारीको उपस्थिति थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com