पहिलो चरण​मा चार लाख मतदाता थपिए, दोस्रो चरणको नामावली सङ्कलन हुँदै


प्रकाशित मिति : पुस ४, २०७८ आईतबार

निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् ।  निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजारको नामावली दर्ता भएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली दर्ता सकिएको छ ।

हिमाली जिल्लाको बाँकी रहेको पालिकामा मङ्सिर २९ गतेबाट नै दोस्रो चरणको नामावली दर्ता सुरु भइसकेको छ । हिमाली जिल्लाका पालिकाहरूमा पुस ९ गते नामावली दर्ताको विशेष अभियान सकिने छ ।

मङ्सिर १७ गतेदेखि निर्वाचन आयोगले देशैभरिको पालिकामा पुगेर मतदाता नामावली दर्ता विशेष अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा हिमाली जिल्लामा मङ्सिर १७ गते सुरु भई २७ गतेसम्म नामावली दर्ता भएको थियो ।

दोस्रो चरणमा हाल ३१८ पालिकामा मतदाता नामावली दर्ता कार्यक्रम भइरहेको निर्वाचन आयोगले जनाएको छ । तराई मधेसका अधिकांश पालिकाले भने म्याद थप्न आग्रह गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com