कांग्रेस १४औँ महाधिवेशन : उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आजै
प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार
sf7df8f}+, @% dlª;/ M g]kfnL sf+u|];sf] hf/L !$ cf} dxflwj]zgsf qmddf cfcfgf g]tfsf nflu zlgaf/ k|bz{lg dfu{df ef]6 dfUb} sfo{stf{ . tl:a/ M /Tg >]i7, /f;;
नेपाली काँग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ ।
काँग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । आइतबार सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ ।
राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइने जनाइएको छ । मतदान मतपत्र मार्फत गर्नु पर्ने छ । विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको काँग्रेसले जनाएको छ । मतदानका लागि एक जनालाई ४५ मिनेट भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।
काँग्रेसको केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन् । यो महाधिवेशनमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेको निर्वाचन समितिले जनाएको छ ।





