कांग्रेसको मञ्चमा राजनीतिक घोचपेचदेखी ओली र प्रचण्डको सम्वादसम्म…….


प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार

फरक राजनीतिक मूल्य, मान्यता र विचार बोकेर राजनीति गरिरहेका दलहरूलाई नेपाली कांग्रेसले आज साझा मञ्चमा उभ्यायो । सन्दर्भ थियो, १४औँ महाधिवेशनको उद्घाटन शत्र ।

काठमाडौँमा चिसो बढिरहेको बेला राजनीतिक विषयमा गरमागरम बहस गर्ने स्थलका रुपमा उपलब्ध मञ्चमा प्रमुख दलका शीर्ष नेताले आआफ्नै शैलीमा धारणा राख्दै सहकार्य, सहमति र एकताको विकल्प नभएको बताउन पछि परेनन् । त्यसो त कांग्रेसले महाधिवेशनको नारा नै ‘उत्साह, एकता, रुपान्तरण ः सफल बनाऔँ नेपाली कांग्रेसको महाधिवेशन’ भन्ने तय गरेको छ ।

हाँस्यरसले भरिएका घोचपेच पनि उस्तै चल्यो उद्घाटन शत्रमा । राजनीतिक दलप्रति जनतामा वितृष्णा फैलिएको चर्चादेखि एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको प्रसङ्ग पनि कांग्रेस महाधिवेशन उद्घाटन शत्रको अर्को आकर्षणको पाटो बन्यो ।

पुरानो लोकतान्त्रिक पार्टी भएको नाताले पनि कांग्रेसले नेपालका सबै जसो राजनीतिक दलसँग सहकार्य गरेको छ । प्रजातान्त्रिक समाजवादको नारामा कांग्रेसले विसं २००७ को आन्दोलनदेखि संविधान निर्माणसम्म आइपुग्दा राजनीतिक नेतृत्व गरेको तथ्य स्पष्ट नै छ । त्यसकारण पनि कांग्रेसको मञ्च अन्य राजनीतिक दलका लागि साझा जस्तै बन्न पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उद्घाटन शत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थिति, उहाँहरूका धारणासँगै देशको पछिल्लो परिस्थितिले पनि पुनः सहमति, सहकार्य र एकताको विकल्प नभएकामा मतैक्य देखिन्थ्यो । झण्डै दुई तिहाई जनमत प्राप्त गरेको तत्कालीन नेकपा पूर्ववत् पार्टीका रुपमा विभक्त भएपछि बदलिएको राजनीतिक परिस्थितीले कांग्रेसलाई पुनः देशको नेतृत्व गर्ने स्थानमा पु¥याइदिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई÷दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि प्रमुख पाँच राजनीतिक दलले गठबन्धन गरेर सहकार्यको संस्कृतिलाई अगाडि बढाएको सन्दर्भ पनि कांग्रेस महाधिवेशनमा मुखरित भएको छ ।

लामो समयसम्म एउटै मञ्चमा नदेखिएका नेकपा९एमाले०का अध्यक्ष ओली, नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालको उपस्थिति पनि अर्को महत्वपूर्ण दृश्यका रूपमा महाधिवशेनमा देखियो । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बीचमा राखेर गर्नुभएको भलाकुसारी फोटो पत्रकारका लागि ‘एक्स्क्लुसिभ’ नै बनेको थियो ।

पटकपटक राजनीतिक परिवर्तन नभए पनि जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन नआएको भन्दै नेकपा ९माले०का महासचिव सिपी मैनालीले यर्थाथता पेश गर्नुभयो । महासचिव मैनालीको धारणाभन्दा अझै अगाडि बढेर राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतालाई जनताले ‘चोर’ भन्ने गरेको तर्क गर्नुभयो । उहाँले इतिहास भइसकेको राजतन्त्रको पुनःस्थापनाको पक्षमा धारणा राख्नुभएको थियो ।

लिङ्देनको तर्कप्रति तीन पूर्व प्रधानमन्त्रीले आपत्ति जनाउनुभयो । एमाले अध्यक्ष ओली, माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले लिङ्देनको भनाइलाई खण्डन गर्नुभयो । ओलीले भन्नुभयो, “नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ रु यस्ता कुरा बोकेर हिड्ने रु हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई रु” अध्यक्ष ओलीले थप अगाडि भन्नुभयो, “भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ । भर्खर भर्खर सभापति भएको रापताप हो । अलिक समयपछि ठिक आउला भन्ने मलाइ लाग्छ ।”

लोकतान्त्रिक आन्दोलनमा त्याग र सङ्घर्ष गरेका नेताको बदनाम गर्नुको पछाडि निरङ्क्ुशता जगाउने षड्यन्त्र रहेको भन्दै माओवादीका अध्यक्ष दाहालले नेतृत्वलाई खुइल्याउने प्रवृत्तिका विरुद्ध जुध्न आग्रह गर्नुभयो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले त नेपालको संविधानले सबैलाई राजनीतिक दल खोल्ने अधिकार दिएको भन्दै पूर्वराजालाई पनि पार्टी खोलेर राजनीति गर्न सुझाव दिनुभयो ।

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको भन्दै भारतीय जनता पार्टीका नेता डा हर्षवद्र्धनले आश्चर्य प्रकट गर्नुभएको थियो । उहाँले यसलाई सहकार्यको साझा संस्कृति भन्दै नेपालका राजनीतिक दल र त्यसको नेतृत्वबाट विश्वका राजनीतिक दलले सिक्नुपर्ने धारणा राख्नुभएको थियो ।

हर्षवद्र्धनको उक्त भनाइप्रति टिप्पणी गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “हामीले राजनीतिक रुपमा प्रतिस्पर्धा मात्रै गरेका छैनौँ, एकले अर्कालाई प्रधानमन्त्री पनि बनाएका छाँै ।” अध्यक्ष दाहालले नेपालमा नयाँ संस्कार विकास गरिएको र एकले अर्को नेतालाई प्रधानमन्त्री बनाएको उल्लेख गर्नुभयो ।

दिउँसो एकबजेदेखि शुरु भएको उद्घाटन सत्र साँझ ६।४० सम्म चलेको थियो । शुभकामना दिन निम्त्याइएका अन्य राजनीतिक दलका शीर्ष नेतालाई बिदाइ गरेपछि कांग्रेसका पदाधिकारीले पालैपालो सम्बोधन गर्नुभएको थियो । सभापति देउवादेखि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरूले आफूलाई मत दिन आग्रह गरेको दृश्य आफैँमा अर्को रमाइलो थियो । गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बनाउन आफूलाई जिताउन आग्रह गर्नुभएका सभापति देउवा र नयाँ नेतृत्वको खोजी जरुरी रहेको धारणा राख्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलकाबीचमा कांग्रेसको उत्थानका विषयमा साझा मत व्यक्त भएको थियो ।

वरिष्ठ नेता पौडेलले वामपन्थी शक्तिभन्दा काँग्रेस पछाडि पर्नुको कारण खोज्नुपर्नेमा जोड दिँदै सैद्धान्तिक रुपमा अब्बल बन्न सबैको मेहनत जरुरी रहेको बताउनुभयो । विभिन्न भेषभूषा, भाषाभाषी सांस्कृतिक प्रस्तुतीले कांग्रेस महाधिवेशन उद्घाटन सत्र आफैँमा ऐतिहासिक बनेको थियो । बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको जगमा उभिएको कांग्रेसले महाधिवेशनबाट नेता मात्रै छान्छ कि नयाँ नीति पनि तय गर्छ भन्ने आम चासो छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com