भानुजन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीय क्षेत्र बनाउने श्रममन्त्री श्रेष्ठको योजना


प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकविभानुभक्त आचार्य जन्मेको तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योजना अघि बढाउनुभएको छ ।

भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नु बाहेक उल्लेखनीय काम हुन नसकेको अवस्थामा मन्त्री श्रेष्ठले चुँदी रम्घामा पुर्वाधार निर्माण, प्राकृतिक सौन्दर्यकरणको माध्यमबाटसाहित्यिकतथापर्यटकीय गन्तव्यका रुपमा अघि बढाउने योजना अघि बढाउनुभएको हो ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री श्रेष्ठले भानुजन्मस्थलको साहित्यिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, सम्वर्द्धन र विकासका लागिसरोकारवालाहरुसँग छलफल गरी योजनावद्ध रुपमा काम अघि बढाइने बताउनुभयो ।

चुँदी रम्घालाई आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गर्ने मन्त्री श्रेष्ठको योजनालाई इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सहयोग गर्ने जनाएको छ । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले रम्घामाआदिकविभानुभक्तकोविश्वकै ठुलो पुर्णकदको सालिक निर्माण गरिने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्री श्रेष्ठको योजना सफल बनाउन आदिकविजन्मघर शिखर कटेरीमा विश्वकै ठुलो पुर्णकदको सालिक निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । विकसित मुलुकका प्रतिष्ठित साहित्यकारहरुका स्मृतिलाई संरक्षण गर्ने गरिएको बताउनुहुँदैअधिकारीलेभानुभक्तको परिचय र योगदानलाई जीवन्त राख्नपुर्णकदको सालिक बनाउन लागिएको बताउनुभयो । तनहुँमा जन्मिएको भएपनि राष्ट्रकै गौरव भएकाले आदिकविभानुभक्तकोसम्झनामापुर्णकदको सालिक निर्माणको योजना अघि बढेको उहाँको भनाइ छ ।

पुर्णकदको सालिक निर्माणसँगै अन्य सम्पदाहरुको संरक्षण र विकासले चुँदी रम्घाको मुहार फेरिने र आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुने मन्त्री श्रेष्ठको विश्वास छ।आदिकवि भानुभक्त आचार्यको जन्मबि।सं। १८७१ असार २९ गते तनहुँको जिल्लाको चुँदी रम्घामा भएको हो ।भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी रामायणलाई पठनीय बनाउनुभएको थियो । आदिकवि भानुभक्तलाई नेपाली संस्कृति, भाषा र एकताका धरोहर मानिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com