विवाहपञ्चमी नजिकिँदै गर्दा मङ्गलधुनले गुञ्जिएको मिथिला …..


प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार

विवाहपञ्चमी नजिकिँदै गर्दा मिथिला क्षेत्रमा जताततै मङ्गलधुन गुञ्जदो छ । रामजानकी विवाह महोत्सव पनि भनिने मङ्सिर शुक्ल पञ्चमी नजिकिँदै गर्दा मिथिलामा पर्वको उल्लास छाएको हो । महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा पर्ने हालको प्रदेश नं २ का सबैजसो मठमन्दिरमा अहिले सीताराम नाम सङ्किर्तन र मैथिल परम्पराका विवाह विधिका गीत गुञ्जेका हुन् ।

त्रेता युगमा मिथिला ९विदेह० राज्यका राजा विदेहराज शिरध्वज जनककी छोरी सीता जानकीको विवाह अयोध्याका राजा दशरथका पुत्र श्रीरामसँग भएको सम्झनामा मिथिलामा सप्ताहव्यापी रामजानकी विवाह महोत्सव मनाइँदै आइएको छ ।

हिन्दू परम्परामा श्रीराम मर्यादा पुरुषोत्तम र सीता आदर्श नारीका पूज्य छन् । सीता देवी लक्ष्मी र श्रीराम भगवान विष्णुका अवतार मानिने हिन्दू परम्पराले विवाहपञ्चमी मिथिलामा सांस्कृतिक पर्वका रुपमा मनाइने परम्परा बसेको हो ।

विवाहपञ्चमी पर्वमा श्रीराम जनकपुर आइपुगे देखिका विधि सम्झना गरिन्छन् । साप्ताहिक महोत्सवका रुपमा मनाइने यो पर्वमा पहिलो दिन श्रीराम जनकपुर आइपुग्दा फूलबारीमा अचानक सीतासँग जम्काभेट भएको प्रसङ्गलाई फूलबारी लिलाका रुपमा चर्चा गरिन्छ । यो विधि पूरा गर्न जानकी रुपा फूलबारीमा सहेलीसाथ आउने र श्रीराम डुल्दै सो ठाउँ पुग्दा दुबैका नजर जुधेका र एकअर्काप्रति आकर्षित भएका रामायण कथाको नाटकीय वर्णन गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी क्रमशः शिव धनुष भङ्ग, स्वयम्वर, मटकोर ९विवाहका लागि बनेको वेदिमा गरिने विधि०, तिलकोत्सव, शुभविवाह र रामकलेवासहितका विधि सम्पन्न गरिन्छन् । तिलकोत्सवको विधिमा जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ वस्त्र आभूषण र मिष्टान्न परिकार लिएर त्यहीकै राम मन्दिर गई दुलहा रामलाई वरण गर्ने वरणी र सम्धीसँग वैवाहिक समारोहका विधि सम्पन्न गर्ने तालिकाबारे छलफल गर्छन् । यस विधिमा राम मन्दिरका महन्थ राजा दशरथ र जानकी मन्दिरका महन्थ राजा जनकको भूमिकामा देखिने परम्परा छ ।

त्यसैगरी रामकलेवा विधिमा विवाह सम्पन्न भएपछि जन्तीलाई भोजन गराएर वस्त्र आभूषणसहित विदा गर्ने परम्परा छ । मिथिलामा वैवाहिक समारोहमा सम्धी÷सम्धी र जन्ती एवं घरबेटी दुलहीपक्ष बीच हुने हासपरिहासको विधिले महोत्सवलाई उल्लासमय र मनोरञ्जक बनाउने गरेको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

रामजानकी विवाहमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागर ९तलाउ० बाट वेदी बनाउने माटो खनिएको विश्वास गरिन्छ । यो विश्वासले अहिले पनि वेदी बनाउन मटिहानीको माटो खनिन्छ । पर्वको मुख्य दिन पञ्चमी तिथिमा विवाह सम्पन्न हुने दिन मठमन्दिरमा विशेष पूजाआराधना आयोजन गरिन्छन् ।

विवाहमा सरिक हुन अयोध्याबाट आउने जन्ती महोत्तरीको मटिहानी हुँदै नेपाल प्रवेश गर्ने हुँदा जन्तीका स्वागतका लागि यहाँ एक साता पहिलेदेखि नै तयारी थालिएको छ । महोत्सवसन्दर्भलाई ख्याल गरिदै अहिले मटिहानीका मठ मन्दिर सिङ्गारिएका छन् । रामजानकी विवाह महोत्सव सप्ताहव्यापी मनाउन जनकपुरमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् कोष, जानकी मन्दिर र राम मन्दिरले विभिन्न कार्यक्रम आयोजन गर्दै आएका छन् ।

मुलुकका अन्य ठाउँमा विवाहपञ्चमीका दिन नयाँ जोडीलाई विवाह गर्न लग्न हेर्न नपर्ने मान्यता भए पनि मिथिलामा भने यस दिन छोरीको विवाह गर्न अभिभावक हच्किन्छन् । सीताले विवाहपछि दुःख पाएकी रामायणको वर्णनले मिथिलामा यो संसय देखिएको यहाँका वुद्धिजीवीको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com