इमिरेट्स एयरलाइन्सले अफ्रिकाको एयरपोर्टमा अचेत अवस्थामा छाडेका रुपक बोहोराको निधन


प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार

इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा निधन भएको जनाइएको छ ।

घानाको आकराबाट इमिरेट्स एयरलाईन्सको विमानबाट दुबई आउदै गरेका २७ वर्षीय रुकुमका बोहोरा गम्भीर विरामी भएपछि इमिरेट्स एयरलाइन्सले विरामी अवस्थामै आकरा एयरपोर्टको आधिकारीक व्यक्तिलाई जिम्मा लगाएर छोडेको थियो ।

उनको शनिवार बिहान आकरास्थित रिज अस्पतालमा निधन भएको छ । बोहोराको मलेरियाका कारण निधन भएको जनाइएको छ ।

सिरोलेनियाबाट १८ नोभेम्बरमा घाना आएका उनी सोहि दिन घानाको आकरा एयरपोर्टबाट इमिरेट्स एयरलाईन्सको विमानमार्फत दुवइ आउन लागेका थिए । बोहोरा सिकिस्त भएपछि एयरलाईन्सले आकरा एयरपोर्टको आधिकारीक व्यक्तिलाई जिम्मा लगाएर छोडेको थियो ।

घानामा नेपाली दूतावास नभएकाले एयरपोर्टका अधिकारीले घानास्थित भारतीय दूतावासलाई खबर गरेका थिए । भारतीय दूतावासले बोहोरालाई अस्पतालमा भर्ना गरेर उपचार प्रक्रिया सुरु गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com