नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिताबारे २ सातामा रिपोर्ट, आवश्यक परे ६ सातामा नयाँ खोप


प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्टविरुद्ध फाइजर खोपले काम गर्ने नगर्नेबारे रिपोर्ट २ सातामा सार्वजनिक गर्ने फाइजरले जनाएको छ । नयाँ भेरियन्ट संक्रामक रहेको र छिटो उत्परिवर्तन भइरहेको भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्ति गरिरहँदा फाइजरले दुईसाताभित्र खोपको प्रभावकारिताबारे तथ्यांक ल्याउने बताएको हो ।

आफूहरुले कोरोनाको भेरियन्ट बी वान वान ५२९ बारे विज्ञहरुको चिन्ता र तत्काल उक्त भेरियन्टबिरुद्ध सुरु गरिएको अनुसन्धानबारे राम्रोसँग बुझेको भन्दै फाइजरले आवश्यक परेमा नयाँ भेरियन्टविरुद्ध १ सय दिनमा भ्याक्सिन ल्याउनसक्ने बताएको छ । ल्याब परीक्षणबाट नयाँ भेरियन्ट खोपबाट बच्न सक्ने भए नभएको तथा भ्याक्सिनमा समायोजन आवश्यक भए नभएको थाहा हुने फाइजरले जनाएको छ ।

न्युयोर्कमा रहेको फाइजरको मुख्यालय ।

यदि अहिलेको भ्याक्सिनबाट नयाँ भेरियन्ट बच्नसक्ने अवस्था आएमा भ्याक्सिन ६ साताभित्र नयाँ स्वरुपमा बनाउन सकिने र एकसयदिनभित्र भ्याक्सिन पठाउन सकिने फाइजरले दावी गरेको छ । यो घोषणासँगै फाइजर र बायो एनटेकको शेयर शुक्रबार उल्लेख्य बृद्धि भएको छ ।

फाइजर र बायोएनटेकले चीनमा पहिलोपटक भेटिएको भाइरसको आधारमा एमआरएनए भ्याक्सिन बनाएका हुन् । अल्फा र डेल्टा भेरियन्टबिरुद्धको भ्याक्सिनको क्लीनिकल परीक्षण पनि भइरहेको छ । यसैबीच जोन्सन एण्ड जोन्सनले पनि कोरोनाको नयाँ भेरियन्टको नजिकबाट अवलोकन गरिरहेको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्टका कारण विश्वका कैयन देशहरुले यात्रा प्रतिबन्धहरुको घोषणा गरिसकेका छन् । अमेरिकाले पनि दक्षिण अफ्रिका लगायतका ८ वटा देशबाट अमेरिका आउनमा प्रतिबन्धको घोषणा गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com