लण्डनबाट स्पेन जान उडेका जोडी गलत विमान चढ्दा १२ सय माइल परको ग्रिसमा


प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार

लण्डनबाट स्पेन जान उडेका जोडी एयरलाइन्सको गल्तीले १२ सय माइल परको ग्रिसमा पुगेका छन् । रायनएयरमार्फत स्पेन जान उडेका उनीहरुले लण्डनको स्टान्स्टेड एयरपोर्टमा चेकइन गरेका थिए ।

हुमारिया र फारुख शेख विदा मनाउन स्पेनको सेभिल जान लागेका थिए तर उनीहरुलाई विमानले ग्रिक आइल्याण्डमा लगेर छाडेको छ । ग्रिसमा पुगेर ट्याक्सी चढ्ने क्रममा मात्र उनीहरुले गलत देशमा आइपुगेको जानकारी पाएका हुन् ।

आफ्नो फोनमा ग्रिसमा स्वागत छ भन्ने सन्देश आएपछि उनीहरुले ट्याक्सी ड्राइभरलाई सोध्दा आफूहरु स्पेन नपुगेको जानकारी पाएका थिए । त्यसपछि उनीहरुले रायन एयरको कर्मचारीसँग कुरा गर्दा मजाक उडाएको र जम्मा एकरातको होटल प्रस्ताव गरेको जनाएका छन् ।

एयरलाइन्सले जम्मा एकरातको होटल खर्च बेहोरेको र आफूहरुले अरु तिनरातको बेहोर्नुपरेको उनीहरुले बताए । आमाले ग्रिसबाट फोनमा रुदै कुरा गरेको छोरा सुलेमानले बताएका छन् । यो सुरक्षा र उत्तरदायीत्वको कमीमात्र नभई यस्तो गल्तीले आफ्ना बुबाआमा असाध्यै आत्तिएको छोराको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्पेनमा गरेको होटल बुकिङ लगायतमा एकहजार युरो खर्च भएको र आफूले त्यसको रिफण्ड पनि पाउन नसकेको छोराले बताए । रायनएयरले विमान चढ्नेबेलामा गेटमा उडान नम्बर र गन्तव्य स्पष्टसँग लेखिने भएकाले सही विमानमा चढ्नु यात्रुको समेत दायीत्व भएको बताएको छ ।

विमान चढ्ने बेलामा अन्तिम गेटमा भएको गल्तीले यस्तो भएको जनाइएको छ । यस्तो गल्ती दोहोरिन नदिन लण्डनमा रहेको आफ्नो परिचालन एजेण्टसँग काम गरिरहेको रायन एयरले जनाएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com