३७५ मिलियनमा वासिङटन डिसीमा रहेको होटल बेच्दै ट्रम्प, नाम पनि फेरिने


प्रकाशित मिति : कार्तिक २९, २०७८ सोमबार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको संस्था ट्रम्प अर्गनाइजेसनले वासिङटन डिसीमा रहेको होटल ३७५ मिलियन डलरमा बेच्ने भएको छ । मायामीमा रहेको लगानी कम्पनी सीजीआई मर्चेन्ट ग्रुपले ट्रम्पको होटल लिजमा लिने सहमति भएको जनाइएको छ ।

ह्वाइट हाउसबाट नजिकै रहेको ऐतिहासिक भवनमा रहेको ट्रम्प इन्टरनेशनल होटल ट्रम्प अर्गनाइजेशनले अमेरिकी सरकारबाट लिजमा लिएको हो । यो होटल विदेशी गन्यमान्य व्यक्ति र ट्रम्पका समर्थकहरुको लोकप्रिय जमघटस्थलका रुपमा रहेको छ ।

अहिले बेच्न लागिएको ट्रम्प इन्टरनेशनल होटलको नाम फेरिने भएको छ भने सीजीआईले नाम फेर्नका लागि हिल्टन वल्र्डवाइडसँग सहमति गरिसकेको छ । यो होटलले ट्रम्पको कार्यकालमा १५० मिलियन आम्दानी गरेको ट्रम्पले दावी गरेका थिए तर होटलले ७० मिलियन डलरभन्दा धेरै नोक्सानीको सामना गरेको थियो।

डोनाल्ड ट्रम्प

होटेलले ७ हजार ४ सय रात बराबरको बसाईका लागि विदेशी सरकारहरुबाट ३ दशमलव ७ मिलियन डलर प्राप्त गरेको खुलासा भएको थियो । सन् २०१६ को सेप्टेम्बरमा उक्त होटल ट्रम्प अर्गनाइजेसनले आम मानिसका लागि खुला गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प अर्गनाइजेसनले यो होटलको भवन ६० वर्षको भाडामा लिएको थियो। सन् २०१९ देखि नै अर्गनाइजेसनले २६३ कोठा भएको यो होटल बिक्री गर्न ग्राहक खोजिरहेको थियो। लगानी कम्पनी जीसीआई मर्चेन्ट ग्रुपसँग भएको यो सम्झौता सन् २०२२ को पहिलो त्रैमासभित्र पूरा हुने अपेक्षा गरिएको छ।

यो होटल वासिंटन डिसीमा वासिंटन मोनुमेन्टपछिको दोश्रो अग्लो भवन हो । यो भवनमा होटल संचालन हुनुभन्दा अगाडि अमेरिकाको सरकारी हुलाकको मुख्यालय रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com