८७ बर्षकी ७ जनाकी हजुरआमाबाट मास्टर्स डिग्री, भन्छिन् ‘जीवनको लक्ष्य अन्तिमसम्म पछ्याउनुपर्छ’


प्रकाशित मिति : कार्तिक २७, २०७८ शनिबार

८७ बर्षकी बरथा षणमुगनाथले क्यानडाको योर्क युनिभर्सिटीबाट मास्टर्स डिग्री हासिल गरेकी छिन् । ७ जनाकी हजुरआमा षणमुगनाथ उक्त युनिभर्सिटीबाट मास्टर्स डिग्री हासिल गर्ने सबैभन्दा बढी उमेरकी व्यक्ति हुन् ।

श्रीलंकाकाको सानो गाउँ बेलानाईमा जन्मिएकी उनले सन् २०१९ बाट आफ्नो अध्ययन सुरु गरेकी थिइन् । युनिभर्सिटीले बृद्धबृद्धाका लागि निशुल्क ट्युशन अफर गरेको थाहा पाएपछि उनले मास्टर्स डिग्री गर्ने निर्णय गरेकी थिइन् ।

षणमुगनाथले राजनीतिशास्त्रमा मास्टर्स डिग्री हासिल गरेकी हुन् । ८७ बर्षको उमेरमा आफ्ना नातीनातिनीसँग खेलेरमात्र नबसी उनी आफ्नो सपना पूरा गर्ने लागिपरेकी हुन् । नोभेम्बर १ मा आफू साधारण महिलामात्र रहेको र नोभेम्बर २ मा मास्टर्स डिग्री हासिल गरेपछि आफ्नो जीवन नै परिवर्तन भएको उनले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

षणमुगनाथको मास्टर्स डिग्री श्रीलंकाको गृहयुद्ध र शान्तिका लागि भएका प्रयासमा केन्द्रीत रहेको थियो । राजनीतिशास्त्रमा मास्टर्स डिग्री गर्ने सपना पूरा भएकोमा उनले खुशी व्यक्त गरेकी छिन् । मान्छेको जीवनमा सधै लक्ष्य हुनुपर्ने र अन्तिमसम्म पनि उक्त लक्ष्यलाई पछ्याउनुपर्ने उनले बताइन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com