नेपालमा जोन्सन एण्ड जोन्सन लगाएको ४ महिना पुग्दै, सीडीसीबाट २ महिना पुगेकालाई बुस्टर सिफारिस


प्रकाशित मिति : कार्तिक २७, २०७८ शनिबार

कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सन (जान्सेन) लगाएको २ महिना पुगेका सबै उमेर समुहका बयस्कहरुलाई अमेरिकन सीडीसीले बुस्टर डोज लगाउन सुझाव दिएको छ । बुस्टर डोज लगाउँदा जोन्सन एण्ड जोन्सनका अतिरिक्त मोडेर्ना वा फाइजरको समेत डोज लगाउन सकिनेछ । बुस्टर डोज मोडेर्ना वा फाइजर लगाउँदा प्रतिरोधात्मक क्षमतामा अझ बृद्धि हुने अध्ययनहरुबाट पुष्टी भएको छ ।

नेपालमा सुरुको चरणमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएकाहरुको अवधि ४ महिना पुग्न लागेको छ । गत जुलाईको तेश्रोसातादेखि नेपालमा जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरु गरिएको थियो । त्यतीबेला भ्याक्सिन लगाएकाहरुको आगामी साता ४ महिना पुग्ने भएकाले अमेरिकन सीडीसीको सिफारिसलाई आधार मान्दा उनीहरु बुस्टर डोजका लागि योग्य भइसकेका छन् ।

अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप अनुदानमा दिएको थियो। तर नेपालमा बुस्टर डोज लगाउनका लागि खोप उपलब्ध छैन । सीडीसीले पहिलो डोज जोन्सन एण्ड जोन्सन लगाएकाहरुका लागि एमआरएनए बिधिबाट बनेको भ्याक्सिन बुस्टरका रुपमा मिश्रण गर्न सकिने बताएपनि नेपालमा एमआरएनए बिधिबाट बनेको फाइजर खोप अमेरिकाले झण्डै एकलाख डोजमात्र सहायता स्वरुप उपलब्ध गराएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एमआरएनए बिधिबाट बनेको मोडेर्ना खोप नेपालमा आइसकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोर–किशोरीलाई लक्ष्य गरेर नेपाल सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । तर उक्त खोप आउन अझै केही समय लाग्ने देखिएको छ ।

नेपाल सरकारले आगामी ५ महिनाभित्र सबै बयस्कहरुलाई कम्तीमा एकडोज भ्याक्सिन लगाउने लक्ष्य राखेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले एपीसँगको कुराकानीमा नेपाली नयाँ बर्षसम्म सबै बयस्कलाई भ्याक्सिन लगाइने बताएका थिए । नेपालमा अहिलेसम्म ४४ प्रतिशत बयस्कहरुले भ्याक्सिनको कम्तीमा एकडोज लगाएका छन् भने ३७ दशमलव ५ प्रतिशतले पूर्णरुपमा भ्याक्सिन लगाएका छन् । नेपालको झण्डै तीनकरोड जनसंख्यामा ७२ प्रतिशत बयस्कहरु रहेको हिसाव गरिएको छ ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

जोन्सन एण्ड जोन्सन र फाइजरको बुस्टर डोज नियमित डोज सरह नै रहेको छ । तर मोडेर्नाको बुस्टर डोज भने नियमित डोजको तुलनामा केही सानो रहेको छ । यद्यपी कतिपय स्वास्थ्यविदहरुले ५० बर्षभन्दा कम उमेरका महिलाहरुलाई जोन्सन एण्ड जोन्सन नै बुस्टर डोजका रुपमा दिने कुरामा चासो व्यक्त गरेका छन् । किनभने यो उमेर समुहका महिलामा दुर्लभ रुपमा रगतका थोपा जम्ने समस्या देखिएको थियो ।

फाइजर र मोडेर्ना भ्याक्सिनमा यस्तो समस्या देखिएको छैन । जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएका बृद्ध पुरुषहरुमा दुर्लभ रुपमा न्यूरोलोजिकल डिस्अर्डर देखिएको थियो । तर फाइजर र मोडेर्ना भ्याक्सिनको यस्तो जोखिम पनि जोन्सन एण्ड जोन्सनको तुलनामा अझ दुर्लभ रहेको छ । जोन्सन एण्ड जोन्सनको दोश्रो डोज लगाउँदा एन्टीबडीमा ४ गुणा बृद्धि देखिएको छ भने जोन्सन एण्ड जोन्सन लगाएकाहरुलाई मोडेर्नाको बुस्टर डोज लगाउँदा ७६ गुणा र फाइजरको बुस्टर लगाउँदा ३५ गुणा बढी बलियो एन्टीबडी देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com