रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा घाईते भएका तीन जनाको मृत्यु भएको छ । थप तिन जनाको अवस्था गम्भिर रहेको र उनीहरु मध्ये १ जनाको भेन्टीलेटरमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।
मेडिकल कलेज भैरहवामा उपचार गराइरहेका १३ जना मध्ये ३ जनाको मृत्यु भएको हो । मेडिकल कलेजमा अहिले ५ जना प्रहरी र ५ जना सर्वसाधारणको उपचार भइरहेको छ । यसैगरी लुम्बिनी प्रदेश अस्पतालमा पनि गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । प्रहरी स्रोतका अनुसार १५ जना सर्वसाधारण र १६ जना प्रहरी घटनामा घाइते भइ उपचारत रहेका छन् । औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।