‘बस्ती उजाडिएको छ,केही बाँकी रहेका घरमा नदी घटेपछि अड्किएको गेग्रेटो फालेर बस्न थालेका छौँ’


प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार

गत असार १ मा आएको मस्र्याङ्दी नदीको बाढीले मनाङको तालगाउँ बगरमा परिणत भएको थियो । अहिले विस्तारै नदीको बहाब घटेसँगै तालवासी त्यही बगर पन्छाएर बाँकी रहेका घरमा बस्न बाध्य भएका छन् ।

बाढीपहिराका कारण डुबानमा परेको तालगाउँ बस्ती पुनः घर फर्किने तरखरमा पुगेको हो । असार १ पछि मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ पूरै डुबानमा परेको थियो । यसरी तालगाउँवासी पूर्णरूपमा विस्थापित भएर डाँडामा त्रिपालमुनि बस्दै आएका थिए । यतिखेर भने उनीहरु अब बाढी नआउने भन्दै घर बसाउने तयारीसहित बगर पन्छाउन व्यस्त छन् ।

उनीहरु बाढी पसेको बस्तीको घरमा रहेको गेग्रयान (बगर) फालेर बस्न मिल्ने गरी घरको पुनःनिर्माण गर्दैछन् । बाढीले घर नै बगाएका बाहेक परिवार त्रिपालमा नै बस्दै आएका छन् भने घर बाँकी रहेका परिवारले बालुवा, गिट्टी, ढुङ्गाले पुरेको घरको गेग्रयान पन्छाएर बस्ने तयारी गरिरहेका देखिन्छन् ।

यो बस्ती अझै पनि जोखिमपूर्ण भए पनि स्थानान्तरणको लागि उपयुक्त ठाउँ नहुँदा सोही स्थानमा बस्नुपर्ने बाध्यता रहेको गाउँवासी बताउँछन् । स्थानीय मीनराशी गुरुङ भन्नुहुन्छ, “तीन महिनासम्म त्रिपालमा बसियो । नदी घटेपछि घर हुने घरमा अड्किएको गेग्रयान फालेर बस्न थालेका छौँ । नहुनेहरु अझै पनि त्रिपालमा नै बस्न बाध्य छौँ । स्थानीय सरकारबाट केही सहयोग होला नि भन्ने आशा छ ।” उहाँ गेग्रयान फाल्ने सामग्री नहुँदा पनि समस्या भएको बताउनुहुन्छ । आफ्ना सामग्री नदीमा आएको बाढीले बगाइदियो । बाँकी सामग्रीको सहयताबाट बस्ती बसाउने प्रयास गरिरहेको मीनराशी बताउनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै स्थानीयवासी गुरुप्रसाद गुरुङले भन्नुभयो, “घर सबै भत्काएको छ, घरमा आएर बसेका छौँ, स्थानीय सरकारले व्यवस्थित गरी बस्न सहज गराइदिए हुनेथियो भन्ने आशा छ । कोही आफन्तकोमा बस्दै आएको र सकेका व्यक्ति अझैपनि बाहिर नै बस्दै आएका छन् ।”

तीन महिना बढी हुँदासम्म पनि घरबारको अत्तोपत्तो नहुँदा धेरै चिन्तित बनाउने गरेको उहाँ बताउनुहुन्छ । अझै घर समेत बाँकी नरहेका परिवारको बसोबासका लागि कुनै आधार नै नभएको उहाँको भनाइ छ । बस्ती बस्नका लागि अहिले घर बाँकी रहेकाले गेग्रायान फाल्ने काम पाएको गुरुङले बताउनुभयो ।

बाढीले तालगाउँवासीलाई बेतालको बनाइदिएको उहाँ बताउनुहुन्छ । भन्नेबित्तिकै न त घर नै अर्को ठाउँमा बनाउन सकिने रहेको छ । न पुरानो घरमा व्यवस्थित तरिकाले बस्न सक्ने अवस्थामा पु¥याएको उहाँको भनाइ छ । मौसमा परिवर्तनका कुरा गर्ने आफूहरुले सुन्ने गरेको भन्दै अझै पनि त्रास बढ्ने गरेको उहाँले बताउनुभयो ।

नेपालीका ठूला चाडपर्व नजिकिँदै गर्दा सबैतिर खुसीयाली छाएको भए पनि मनाङका बाढी प्रभावित ठाउँ अझैसम्म पनि दुःखमा छन् । बल्लतल्ल तीन महिनापछि मनाङ सडक सञ्जालसँग जोडिएर आवतजावतमा सहज भएको छ तर स्थानीयवासीमा भने अझै खुसी पुग्न सकेको छैन ।

अन्यत्र बस्ने व्यवस्था गर्न नसक्दा गाउँवासी पुरानै ठाउँमा बस्न थालेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । “व्यवस्थापनका लागि पहल भइरहेको छ । तत्काल भने कठिन अवस्थामा नै रहेका छौँ । यसले गर्दा ढिला भएको हो । जाडो बढ्दै गएपछि नदीको सतह घट्दै गएकाले पनि बस्तीतर्फ स्थानीयवासी फर्किएका हुन्,” अध्यक्ष घलेले भन्नुभयो ।

विभिन्न क्षेत्रसँग ताल गाउँवासीको व्यवस्थापनका सम्बन्धमा छलफल भने भइरहेको उहाँ बताउनुहुन्छ । पालिकाले मात्रै व्यवस्थापन गर्न कठिन भएकाले पनि ढिलाइ र समस्या रहेको उहाँले बताउनुभयो । उक्त क्षेत्रको बस्तीलाई सुरक्षित र व्यवस्थित राख्नका लागि त्यस ठाउँबाट अन्यत्र स्थानान्तरण गर्न जरुरी देखिन्छ ।

जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका–१ तालगाउँ पूर्ण रुपमा डुबानमा परेपछि गाउँ नै विस्थापित भएको हो । नासोंका धेरै भाग डुबान र पहिराका कारण भौतिक संरचना पूर्ण क्षति पुगेको छ । तीन महिनादेखि मनाङवासीलाई त्रिपालको बास अन्य उपाय पहिचान गर्न सकेका छैनन् । यस वर्ष मस्र्याङ्दीमा आएको बाढीले मनाङलाई तहसनहस बनाएको छ । यसवर्षको मनसुन सुरु हुनासाथ हिमाली जिल्ला मनाङ दैवी प्रकोपमा परेको थियो ।

टेण्टमै पठनपाठन

जिल्लाका सुन्दर बस्तीमध्ये एक हो तालगाउँ । यहाँको भानु माध्यमिक विद्यालयमा पनि बाढीले क्षति पुयायो । गाउँमा बाढी पसेपछि विद्यालय जोगिने कुरै भएन । गाउँबासी जङ्गलमा स्थानान्तरण भए । विद्यालयको भौतिक संरचना केही मात्र देखिन्छ । अझै पनि बस्तीमा बाढीको जोखिम उत्तिकै छ । पहिलेको बस्तीमा पूरै गाउँबासी बस्नसक्ने अवस्थामा छैनन् । त्यस्तै विद्यालयमा पठनपाठन गर्न सक्ने अवस्था पनि छैन ।

यहाँका बालबालिकाको भविष्य जनप्रतिनिधिहरुमाथि छ । जनप्रतिनिधिको सक्रियतामा बाढी पीडित बालबालिकाको पठनपाठनको व्यवस्था गरिएको छ । यहाँ टेण्टमा नै पठनपाठन गर्ने व्यवस्था गरेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो ।

उहाँले टेण्टमा भए पनि पठनपाठनको व्यवस्था गरिएको छ । “प्रकृतिले बालबालिकाको भविष्यमा पनि क्षति पु¥याएको छ । भविष्य निर्माणका लागि टेण्टमा नै पढ्ने व्यवस्था गरिएको छ । पठनपाठन सुरु भइसकेको छ”, अध्यक्ष घलेले भन्नुभयो ।

सडक सञ्जाल जोडियो

मनाङको मेरुदण्डको रुपमा रहेको बेसीशहर–चामे सडकखण्ड सञ्चालनमा आएको छ । लमजुङको बेँसीसहरदेखि मनाङको नासों गाउँपालिकाको सञ्चालनमा आएको छ । सडक कार्यालयले दसैँसम्म सडक सञ्चालन गर्ने लक्ष्य पूरा गरेको छ । माथिल्लो मनाङ र तल्लो मनाङ जोड्ने सडकअन्तर्गत तलेखु–भ्राताङ भिरमा सडक निर्माणाधीन अवस्था रहेको छ । उक्त सडक निर्माण भएपछि खाङ्सारसम्म सडक सञ्चालन हुनेछ । माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा पनि सवारी सञ्चालन भएको छ ।

सडक कार्यालयका अच्युत विलास पन्तले लक्ष्यअनुसारको काम पुरा भएको बताउनुभयो । उहाँले सदरमुकाम चामेसम्म नेपालीहरुको महान पर्व दशैं अगावै सडक सञ्चालन योजना अनुरुप काम भएको बताउनुभयो ।

केही स्थानमा मर्मत तथा सम्भार र निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । माथिल्लो मनाङ जाने सडक अन्तर्गतको तलेखु–भ्राताङ भिरमा बम ब्लाष्टिङ गर्नुका साथै सामग्री ल्याउन समेत सहज भएको उहाँले बताउनुभयो । बेसीशहर–चामे सडक खण्डको एक सय सात किलोमिटरमध्ये आधा भन्दा बढी भाग निर्माण भइसकेको उहाँले बताउनुभयो ।

राहत ल्याउन सहज

बाढीपहिरा प्रभावित हिमाली जिल्ला मनाङमा खाद्यान्न पु¥याउन सडक सञ्जाल जोडिएपछि सहज भएको छ । विगतमा सडक सञ्जालको अवरुद्ध हुँदा खाद्यान्न पु¥याउन हेलिकप्टरको मात्रै प्रयोग हुने गर्दथ्यो ।

सडक अवरुद्ध हुँदा खाद्यान्न ल्याउन समेत हेलिकप्टर बाहेक अन्य मार्गको प्रयोग गर्न सक्ने अवस्था थिएन । तर, सडक सञ्जाल सुचारु भएपछि दशैंको लागि र पर्यटक भित्र्याउन आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्री ढुवानीमा सहज भएको स्थानीयको भनाइ छ ।

सदरमुकामसम्म सामग्री ढुवानी सहज भएको छ । सदरमुकामसम्म ल्याइएको सामग्री खच्चडको माध्यमबाट गाउँ गाउँमा पु¥याउन सहज भएको प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो । केही स्थानमा सामग्री पु¥याउन मानिस र गाउँमा मात्रै पनि सवारी सञ्चालन भएका छन् सोही अनुरुप सामग्री पु¥याउन सकिने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

जिल्लाका भौतिक एवं सामाजिक भवन तथा निर्माणका सामग्री ल्याउन समेत सजिलो हुने भएको प्रजिअ आचार्यले बताउनुभयो । “अहिले यहाँ उत्पादन भएका वस्तु बजारसम्म पु¥याउन सहज भएको छ । बजारबाट ल्याउनुपर्ने स्वास्थ्य, खाद्यान्न, अत्यावश्यक सामग्री ढुवानी गर्न सहज भएको छ,” आचार्यले भन्नुभयो ।

सडक सञ्जालले जोडिएपछि जिल्लावासीमा आशाको दियो बलेको उहाँ बताउनुहुन्छ । निराशामा पुगेका मनाङवासीलाई सडकले सामान ढुवानीमा सहयोग पुगेको उहाँले बताउनुभयो । सडक सञ्जालले जोडिएपछि बाढीपहिराले क्षति पु¥याएका भौतिक संरचना निर्माणका कार्यहरुमा समेत टेवा पुग्नेछ । पुनर्निर्माणका सामग्री ढुवानी हुने भएपछि निर्माणको काम पनि छिटो हुने र पुरानै अवस्थामा पनि छिट्टै पुग्ने अपेक्षा गर्न सकिन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com