गैरकानूनी बाटोबाट अमेरिका छिर्न हिडेका नेपालीसहित १२६ आप्रवासी ग्वाटेमालामा कन्टेनरभित्र फेला


प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार

गैरकानूनी रुपमा विना भिसा अमेरिका प्रवेशका लागि हिडेका नेपालीहरुसहितका १२६ जना आप्रवासीलाई ग्वाटेमालामा एक कन्टेनरबाट उद्दार गरिएको छ । सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका उनीहरुलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको हो ।

कन्टेनरभित्र अलपत्र छाडिएपछि उनीहरु चिच्याएका थिए । उक्त आवाज स्थानीयबासिले सुनेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि प्रहरी आएर उनीहरुको उद्दार गरेको हो । गैरकानूनी रुपमा अमेरिका छिराउन उनीहरुबाट दलालहरुले मोटो रकम लिएपनि अलपत्र छाडिदिएका थिए ।

उक्त कन्टेनरमा नेपालीहरु ११ जना रहेको जनाइएको छ । अधिकांश हैटीका नागरिकहरु रहेको जनाइएको छ । कन्टेनरबाट कराएको र ढकढक गरेको आवाज सुनेपछि कन्टेनरको ढोका खोल्दा १२६ कागजपत्रविहिन फेला पारेको प्रहरीको भनाई छ ।

उनीहरूलाई होन्डुरसको सीमामा पुर्‍याएर त्यहाँका निकायहरूलाई जिम्मा लगाइने जनाइएको छ। नेपालीहरु दलाललाई मोटो रकम बुझाएर गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्दै आएका छन् । उनीहरुमध्ये कैयन अमेरिका पुगेपछि तीब्र गतिको देशनिकालामा पर्ने गरेका छन् । यसरी देशनिकालामा परेका कैयन नेपालीहरुलाई अमेरिकी सरकारले विमान नै चार्टड गरेर समेत पठाउने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाले देशनिकाला गरेर पठाएका नेपालीहरु काठमाडौंको विमानस्थलमा

जोखिम उठाएर यसरी गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने क्रममा कैयनको मृत्यु समेत हुने गरेको छ ।

अमेरिका जानेक्रममा पानामा जंगल पार गर्दा सन २०२१ सुरु भएयतामात्र ५० भन्दा बढी आप्रवासीहरुको मृत्यु भएको छ। यसरी ज्यान गुमाउनेहरुमा बालबालिका तथा गर्भवती महिलाहरु पनि रहेका छन।

यो आंकडा अघिल्लो बर्षहरुको तुलनामा धेरै उच्च रहेको छ। अमेरिका जानेक्रममा पानामा र कोलम्बियाको सीमामा रहेको जंगल कोरीडोरको यात्रा सबैभन्दा खतरनाक चरण मानिन्छ। आप्रवासीहरुले जंगलमा सर्पका साथै अन्य जनाबरबाट समेत बच्नु पर्दछ ।

गत असारमा क्यारेबियन सागरमा डुंगा दुर्घटना हुदा सात नेपाली युवा समुन्द्रमा बेपत्ता भएका थिए । विना भिसा गैरकानूनी रूपमा मेक्सिको सिमाक्षेत्रबाट अमेरिका छिर्न हिडेका नेपाली र विदेशीहरु चढेको डुंगा कोलम्बियाको समुन्द्रमा दुर्घटना भएको थियो ।

डुंगा दुर्घटनामा बेपत्ता दाङको तुल्सीपुरका हेमराज अधिकारी

डुंगामा ८ नेपाली र अन्य विवेशी गरेर १८ जना युवा रहेका थिए । जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको थियो । तर, सात नेपाली भने समुन्द्रमा बेपत्ता भए ।

क्यारेवियनकोस्टस्थित कपुरगाडा जाने क्रममा गर्दा डुंगा दुर्घटना भएको थियो । डुंगा दुर्घटनामा परेर दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बेपत्ता भएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com