विद्युतीय राहदानीमा हुने सुरक्षा विशेषताहरु सरकारबाट स्वीकृत, यस्तो हुनेछ विद्युतीय राहदानी


प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार

सरकारले विद्युतीय राहदानीमा रहने विभिन्न सुरक्षासम्बन्धी विशेषताहरु स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले विद्युतीय राहदानीमा रहने विशेषता स्वीकृत गरेको हो ।

कार्तिक अन्तिम हप्ताबाट विद्युतीय राहदानी सञ्चालनमा ल्याउने

सरकारले निकट भविष्यमा नै विद्युतीय राहदानी सञ्चालनमा ल्याउने तयारी गरेको छ । राहदानी विभागले कार्तिक अन्तिम हप्ताबाट विद्युतीय राहदानी सञ्चालनमा ल्याउने जनाएको छ ।

राहदानी विभागले केही दिन अगाडि जारी गरेको सुचनामा भनिएको छ – ‘यही २०७८ कार्तिक अन्तिम हप्ताबाट निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी जारी हुने कार्य तालिका रहेको छ । हालको मेशिन रिडेबल राहदानीको म्याद सकिएमा यो चालकअनुमति पत्र जस्तै नवीकरण गर्न पर्दैन र कुनै थप दस्तुर पनि लाग्दैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्तिकको अन्तिम साताबाट विद्युतीय राहदानी जारी हुने भएकाले अत्यावश्यक नभइ बनाएर घरमा राख्नको लागि मात्र हालको मेशिन रिडेबल राहदानी नबनाउन राहदानी विभागले अनुरोध गरेको छ । तर हालको मेसिन रिडेबल राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउन भने नपर्ने जनाइएको छ ।

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले आगामी माघ महिनादेखि पूर्णरूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको र परीक्षणको रूपमा सोभन्दा अगावै विद्युतीय राहदानी जारी हुने बताएका थिए । जसअनुशार कार्तिकको अन्तिमबाटै जारी गर्ने योजनामा राहदानी विभाग रहेको छ ।

यस्ता हुनेछन् विशेषता

बायोमेट्रिक पासपोर्ट समेत भनिने यस्तो राहदानीमा सबै बायोमेट्रिक विवरणहरु चिपमा राखिएका हुन्छन् । अगाडि वा पछाडिको कभरमा वा मध्यपृष्ठमा चिप र एन्टेना इम्बेड गरेर राखिएको हुन्छ ।

अहिलेको एमआरएपीको तस्वीर भएको डाटा पेजमा अप्टिकल क्यारेक्टर रिकगनाइजेसन फरम्याटमा मेसिन रिडेबल जोन हुने भएकाले राहदानी रिडर मेसिनले रिड गर्दा राहदानीमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिने व्यवस्था रहेको छ भने विद्युतीय राहदानीमा यसको अलावा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनेछ ।

विद्युतीय राहदानीहरुमा यस्तो संकेत राखिएको हुन्छ ।

 

चिपमा औंठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरू हने र यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने जनाइएको छ ।

अर्यालका अनुशार नेपालले जारी गर्न लागेको पोलिकार्बोनेट सहितको विद्युतीय राहदानी हो। पोलिकार्बोनेट सहितको डाटा पेजमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ जुन आँखाले सहजै देख्न सकिँदैन। अब जारी हुने साधारण राहदानीको रंग चकलेटी खैरो हुनेछ ।

त्यस्तै साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी हुनेछ। अब जारी हुने राहदानीहरू कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, साधारण, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुने जनाइएको छ ।

यात्रा सहज हुने अपेक्षा

एमआरपी राहदानी विस्थापित गर्ने विद्युतीय राहदानीले आम नेपाली नागरिकलाई विश्व यात्रामा सहज बनाउनेछ । जसअनुसार विद्युतीय राहदानी वितरण भएपछि नेपालको यात्रीले अन्तर्राष्ट्रिय स्तरको आवागमनको सुविधा प्राप्त गर्ने विभागले जनाएको छ । अरुबेला जस्तो घण्टौँ लाइनमा बस्नुपर्ने झन्झटबाटसमेत नेपाली नागरिकले छुटकारा पाउने छन् ।

विद्युतीय राहदानी मेसिनमा छुवाएपछि बारम्बार परीक्षणको झन्झट पनि हट्नेछ । त्यस्तै विद्युतीय ढोका रहेका कतिपय अन्तर्राष्ट्रिय विमानस्थलमा वाहकको अनुहार सेन्सरले हेरेकै भरमा आवागमनका लागि ढोका खुल्दा नेपाली नागरिकले त्यो ढोकाबाट सहजै आवागमन गर्न पाउने छन् ।

एमआरपी राहदानी बोक्ने नेपाली नागरिकले लाममा बसेर विभिन्न मेसिनमा परीक्षण गराउँदै घण्टौँको व्यवस्थापकीय कारबाही झेल्दै अघि बढ्नुपर्ने अवस्थाको अन्त्य विद्युतीय राहदानीले गर्नेछ ।

विश्वका १ सय ५० बढी देशमा विद्युतीय राहदानी

अहिले विश्वका १ सय ५० भन्दा बढी देशले विद्युतीय राहदानी जारी गरिरहेका छन् ।  विश्वमा सबैभन्दा पहिले विद्युतीय राहदानी मलेसियाले सन् १९९८ बाट जारी गर्न थालेको हो । सन् २००८ सम्म ६० भन्दा बढीदेशले जारी गरेकोमा अहिले १५० भन्दा बढी पुगिसकेको छ ।

अमेरिकी पासपोर्ट

भारतले कूटनीतिक राहदानीहरुमात्र विद्युतीय राहदानीका रुपमा जारी गर्दै आएको छ । सर्वसाधारणका लागि विद्युतीय पासपोर्ट निकट भविश्यमा नै जारी गर्ने योजनामा भारत रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com