नेपालमा अन-अराइभल भिसा सुचारूसँगै पर्यटक आगमनमा सुधार, जोखिमबीच कति भित्रिए पर्यटक ?


प्रकाशित मिति : आश्विन १७, २०७८ आईतबार

नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । कोभिड–१९ महामारीको जोखिमकैबीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको हो ।

विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ को व्यवस्था गरेपछि पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको सेप्टेम्बर महिनामा विदेशी पर्यटक आगमन झन्डै दोब्बरले बढेको छ ।

सेप्टेम्बर महिनामा झन्डै १० हजार पर्यटक आएका छन् भने अघिल्लो अगष्ट महिना पाँच हजार हाराहारी पर्यटक आएका थिए । बोर्डको विवरणमा सेप्टेम्बर महिनामा नौ हजार ९७४ विदेशी पर्यटक नेपाल आएका छन् । उक्त महिना नेपालबाट ६ हजार ९४२ विदेशी बाहिरिएका छन् । यो सङ्ख्या हवाई मार्ग भएर नेपाल भित्रिएका पर्यटकको मात्रै हो । अघिल्लो महिना पाँच हजार ९१९ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

सरकारले विदेशी पर्यटकका लागि गरेको नयाँ व्यवस्थाले यस क्षेत्रमा प्रभाव परेको र विदेशी पर्यटक आगमनमा झिनो रुपमा भए पनि सुधार आएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी पर्यटकका लागि अनअराइभल भिसाको व्यवस्थाले यसको आकर्षण सकारात्मक छ, पर्यटकको आगमन बढेको देखिन्छ, यसरी हेर्दा आगामी याममा विदेशी पर्यटक बढ्ने देखिन्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२१ को नौ महिनामा ७६ हजार ९१३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्मको हो ।

कोभिड महामारीले विदेशी पर्यटक आगमनमा ह्रास आयो । सन् २०२० को सेप्टेम्बरमा जम्मा ५४८ पर्यटक नेपाल आएका थिए । कोभिडपूर्व सन् २०१९ को सेप्टेम्बर महिनामा मात्रै ९२ हजार ६०४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोभिड महामारीको सबैभन्दा धेरै असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकिरहेको अवस्थामा पछिल्लो सरकारी व्यवस्थाले पर्यटक आगमनमा सकारात्मक सुधार आएको बोर्डको बुझाइ छ । महामारीकैबीच झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आएका थिए ।

अघिल्लो महिनाको तुलनामा विदेशी पर्यटकको सङ्ख्या दोब्बर बढ्नुले नेपालको पर्यटनमा सुखद भएको विश्लेषण गरिएको छ ।

यही ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने विदेशी पर्यटकका लागि अनअराइभल भिसाको व्यवस्था गर्नाका साथै खोपको मात्रा पूरा गर्ने पर्यटकलाई होटल क्वारेन्टिनको व्यवस्था हटाएको थियो ।

बोर्डका निर्देशक लामिछानेले अनअराइभल भिसाको प्रभावले अघिल्ला महिनाको तुलनामा पर्यटक बढेको बताउनुभयो । यो व्यवस्थालाई सरकारका निकायबीच प्रभावकारी समन्वय गरेको खण्डमा आगामी याम पर्यटनका लागि सुखद हुने उहाँको भनाइ छ । नेपालले यो सन्देशलाई अन्तर्राष्ट्रिय स्रोत बजारमा व्यापक रुपमा फैलाएको खण्डमा पर्यटक आगमन बढ्ने व्यवसायीको भनाइ छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० का अध्यक्ष अच्युत गुरागार्इं पनि विदेशी पर्यटकको आगमन सहज तुल्याउनका लागि सरकारले गरेको पछिल्लो व्यवस्थाले सकारात्मक प्रभाव परेको बताउनुहुन्छ ।

अन्तर सरकारी निकायबीचको समन्वयलाई प्रभावकारी बनाएर गन्तव्य प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारीकरणमा जुटेको खण्डमा नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने उहाँको भनाई छ । “खोप लगाएर आएका पर्यटकको सहज आगमनका लागि गरिएको व्यवस्था स्वागतयोग्य छ, पर्यटकका लागि हिजो भइरहेको क्वारेन्टिनको व्यवस्थालाई निरन्तरता दिइनुप¥यो यसले नेपालको सकारात्मक सन्देश जान्छ,” उहाँले भन्नुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटक आगमन पर्यटकका लागि सरकारले गरेको नयाँ व्यवस्थाले विश्व बजारमा सकारात्मक सन्देश गएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।
बोर्डका अनुसार सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com