पोर्तुगलमा स्थानिय निर्बाचन विषयक बृहत् अन्तरक्रिया


प्रकाशित मिति : जेष्ठ १९, २०७४ शुक्रबार

भोली जुन ३ तारिखका दिन अन्तरास्ट्रिय नेपाली समाज पोर्तुगल (नयाँ शक्ति पार्टी ) र संघीय समाजबादी फोरम पोर्तुगलको सङयुक्त आयोजनामा बर्तमान देसको समासमयिक राजनितिक साथै स्थानिय निर्बाचन विषयक बृहत् अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

नयाँ शक्ति पार्टीका अन्तराष्टिय मामिला संयन्त्रका संयोजकपर्शुराम तामाङ्ग को प्रमुख आतिथ्यतामा हुने बताइएको उक्क्त कार्यक्रममा सर्वसाधारण सबैलाइ उपस्थितिका लागी अनुरोध गरिएको अन्तरास्ट्रिय नेपाली समाज पोर्तुगल का संयोजक धनराज शेर्पाले खसोखासलाई बताएका छन् ।

भोलि हुने उक्त कार्यक्रमको लागि तामाङ्ग पोर्तुगल आजै आइसक्नु भएको र उहाँको आयोजकद्धारा भब्य स्वागत गरिएको छ ।

कार्यक्रम एभरेष्ट स्पोर्ट्स क्याफे आन्जोस (कनाइ नजिक) मा दिनको ३ बजे शुरुहुने आयोजकद्धारा जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com