प्रतिक्षा शुक्ला मिस नेपाल युएस २०२१ घोषित


प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार

‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगीताको अन्तिम स्पर्धामा उनी १० प्रतियोगीलाई पछि विजेता घोषित भएकी हुन् ।

प्रतियोगितामा फष्टअनरअप कला न्यौपाने र सेकेण्ड रनरअप विजेता अलिशा लिम्बु भए ।  प्रतियोगिता अमेरिकाको विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए ।

न्यूयोर्कको क्विन्स थेटरमा आयोजना भएको कार्यक्रममा सहभागी अगाडी प्रतियोगिको कोभिड–१९ परिक्षण गरिएको थियो ।

५ जना निर्णायक मण्डलमा रहेकोमा सबै महिलाहरु थिए । निर्णायक मण्डलमा पूर्व सिएनएनएन संचारकर्मी किरण क्षेत्री, सामाजिक अभियन्ता डा विष्णुमाया परियार, व्यावसायी सूर्य श्रेष्ठ महर्जन, माग्डालेना कुलिज र पूर्व मिस नेपाल अमेरिका २०१३ विजेता वर्तिका राई रहेका थिए।

यसपटक मिस नेपाल युएसको आठौं संस्करण आयोजना गरिएको हो । प्रतियोगिताका लागि १० अन्तिम प्रतिस्पर्धी छनौट भएका थिए भने उनीहरुका लागि भर्चुअल तालिम संचालन गरिएको थियो । मिस नेपाल युएस २०२१ को टपटेनमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु पुगेका थिए ।

सेप्टेम्बरको पहिलोसातासम्म प्राप्त आवेदनका आधारमा मिस नेपाल युएसका टपटेन प्रतिस्पर्धीहरु छनौट गरिएको थियो । महिला शिक्षा र सशक्तिकरणका क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएको मिस नेपाल युएस विसुद्ध सौन्दर्य प्रतियोगितामात्र नभई एउटा सामाजिक अभियानका रुपमा रहदै आएको छ ।

मिस नेपाल युएसका संस्थापक अमित शाह

सन् २०११ मा न्यूयोर्कबाट सुरु भएको प्रतियोगितामा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन् । आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाहरुको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह बताउँछन् ।

मिस नेपाल युएसले अमेरिकी सरकारबाट ट्रेडमार्क समेत पाइसकेको छ । प्रतियोगिता सुरु गरेको झण्डै १० बर्षपछि मिस नेपाल युएसले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो ।

सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमुलक श्रेणी ४१ मा मिस नेपाल युएसले ट्रेडमार्क पाएको हो । पहिलोपटक सन् २०११ को जुनमा प्रयोग भएको र अगस्तमा व्यवसायीक रुपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र पाएको हो । प्रमाणपत्र नम्बर ६४५११७६ रहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com