न्युयोर्कमा परराष्ट्रमन्त्रीको अन्तरकृयामा नेपाली संघसंस्थालाई वेवास्ता गरिएको भन्दै ४ संस्थाको आपत्ति


प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार

परराष्ट्रमन्त्री डा. नारायण खडकाको न्युयोर्क भ्रमणका क्रममा न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासले न्युयोर्कको नेपाली समुदायलाई विभाजित गर्न खोजेको ४ संस्थाले आरोप लगाएका छन् ।

आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाका अध्यक्ष लोक चेम्जोङ, प्रवासी नेपाली मञ्च अमेरिका, न्युयोर्कका अध्यक्ष अर्जुन सिंह, नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जन, प्रवासी नेपाली समाज अमेरिकाका अध्यक्ष रुद्र राउतले संयुक्त विज्ञप्ति जारी गर्दै महावाणिज्य दुतावासले नेपाली समाजलाई विभाजन गर्न खोजेको आरोप लगाएका हुन् ।

वक्तव्यमा भनिएको छ – ‘नेपाल सरकारले सबै नेपालीहरूलाई समान व्यवहार गर्नु पर्दछ , तर नेपाल सरकारको अंग नेपाली महावाणी दुतावास न्यूयोर्क ले नेपाली नेपालीहरू विचमा नै विभाजित व्यवहार गरेको प्रती हाम्रो गम्भिर आपत्ति रहेको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त राष्ट्र संघको महासभामा नेपाल सरकारको प्रतिनिधित्व गर्दै आउनुभएका परराष्ट्र मन्त्री खड्कासंगको भेटघाट तथा अन्तर्क्रिया गर्ने भनि भनिएको कार्यक्रममा कुनै एक राजनिति दलको भातृसंगठन र नेपाली महावाणिज्य दुतावासको संयुक्त संयोजनमा भएको कार्यक्रम प्रती उनीहरुले असहमति जनाएक हुन् ।

‘प्रवासमा क्रियाशील नेपालको राजनिति दलका भातृसंगठनहरू र सामाजिक संघ संस्थाहरूको भुमिका विचमा विभाजन गर्ने उदेश्यले गरिएको कार्यक्रमले मानविय मन्त्री ज्यूको सम्मान भन्दा अपमान भएको हाम्रो ठहर छ ।’ –  वक्तब्यमा भनिएको छ ।

वक्तब्यमा अझ अगाडि भनिएको छ – ‘विगतमा नेपालदेखी सरकारी प्रतिनिधहरू न्यूयोर्कमा आउदा सबै संघ संस्थाहरूले संयुक्त रूपमा स्वागत सत्कार गर्दै आएको परम्परा छ तर यसपाली कार्यवाहक माहावाणिज्य दुत विष्णु प्रसाद गौतमको विभेदकारी र निशेधकारी व्यवहार आपत्तिजनक छ।’

संयुक्त वयक्तव्यमा मन्त्री कुनै पनि दलको नेता भएपनि मन्त्री सबैको भएकाले त्यस्तो विषयमा समेत ध्यान नदिएर नेपाली जनताको सेवाको लागी स्थापना भएको महावाणीज्यदुतावासका पदाधिकारीहरू पार्टीको कार्यकर्ताको शैलिमा उत्रिएको भन्दै विरोध गरिएको छ ।

न्युयोर्कमा आयोजित कार्यक्रमको पोष्टर

वक्तब्यमा अझ अगाडि भनिएको छ – ‘आगामी दिनमा नेपाली महावाणिज्य दुतावास न्यूयोर्क नसच्चिए त्यसको गम्भिर दुर्घटना हुने समेत चेतावनी दिन चाहान्छौ ।सरकारी निकायले मिलेर बसेको नेपाली समाज फुटाउने चेष्टा गरे त्यसविरूद्व समाज एक ढिक्का भएर सम्बन्धीत निकाय तथा व्यक्ति कारवाहीको भागीदार वन्न नपरोस, यसप्रती हामी सचेत गराउदछौ ।’

न्युयोर्कमा आइतबार भएको कार्यक्रम नेपाली महावाणिज्य दुतावासको आयोजनामा भनिएपनि नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति र  एनआरएनए अमेरिकालाई मात्र प्राथमिकतामा राखिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com