मिस नेपाल युएस: सेप्टेम्बर २५ मा न्युयोर्कमा अञ्जु पन्त, किरण गजमेर र बिक्की गुरुङ लगायतले गाउने


प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार

मिस नेपाल युएसको १० औं वार्षिकोत्सवका अवसरमा आगामी शनिबार न्युयोर्कमा आयोजना गरिने कार्यक्रममा चर्चित कलाकार अञ्जु पन्त, भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर र युवा पुस्तामाझ लोकप्रिय कलाकार बिक्की गुरुङ लगायतले गाउने भएका छन् । न्युयोर्कको क्वीन्स थियटरमा हुने कार्यक्रममा बेलुका ६ बजेदेखि हुने कार्यक्रममा यी कलाकारहरुको प्रस्तुती विशेष आकर्षणका रुपमा रहनेछ ।

नेपाली अमेरिकन कलाकार संघका कलाकारहरु लगायत अन्य कलाकारहरुले समेत लाइभ प्रस्तुती दिने आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा प्रवेशका लागि बुधबारसम्मका लागि टिकटमा २० प्रतिशतसम्म छुट दिइएको छ भने बिहिबारदेखि सामान्य प्रवेशको ५० डलर र भीआईपीको १५० डलर शुल्क लाग्नेछ । भीआईपीहरुका लागि कार्यक्रमपछि ककटेल रिसेप्सन र विजेता एवं सिलेब्रेटीहरुसँग फोटोसेसन समेत राखिएको छ ।

टिकटका लागि यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबार मिस नेपाल युएसको आठौं संस्करण आयोजना गरिदैछ । प्रतियोगिताका लागि १० अन्तिम प्रतिस्पर्धी छनौट भइसकेका छन् भने उनीहरुका लागि भर्चुअल तालिम संचालन भइरहेको छ । शनिबार हुने प्रतियोगिताबाट मिस नेपाल युएस २०२१ को घोषणा गरिनेछ । मिस नेपाल युएस २०२१ को टपटेनमा पुग्न सफल हुने प्रतिस्पर्धीहरु अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् ।

सेप्टेम्बरको पहिलोसातासम्म प्राप्त आवेदनका आधारमा मिस नेपाल युएसका टपटेन प्रतिस्पर्धीहरु छनौट गरिएको हो । महिला शिक्षा र सशक्तिकरणका क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएको मिस नेपाल युएस विसुद्ध सौन्दर्य प्रतियोगितामात्र नभई एउटा सामाजिक अभियानका रुपमा रहदै आएको छ ।

सन् २०११ मा न्यूयोर्कबाट सुरु भएको प्रतियोगितामा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन् । आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाहरुको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह बताउँछन् ।

मिस नेपाल युएसले अमेरिककी सरकारबाट ट्रेडमार्क समेत पाइसकेको छ । प्रतियोगिता सुरु गरेको झण्डै १० बर्षपछि मिस नेपाल युएसले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो ।

सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमुलक श्रेणी ४१ मा मिस नेपाल युएसले ट्रेडमार्क पाएको हो । पहिलोपटक सन् २०११ को जुनमा प्रयोग भएको र अगस्तमा व्यवसायीक रुपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र पाएको हो । प्रमाणपत्र नम्बर ६४५११७६ रहेको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com