जर्सीसिटीको सरकारी प्रशासनिक भवन सिटीहलमा मेयरबाट दोश्रोपटक नेपालको झण्डा फहराइदै


प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार

अमेरिकाको न्युजर्सीका मेयर स्टेभन फुलपले आगामी सेप्टेम्बर २० मा न्युजर्सीको जर्सीसिटी सिटीहलमा नेपालको झण्डा फहराउने भएका छन् । ग्रोभ स्ट्रीट जर्सी सिटीमा रहेको काउन्सिल च्याम्बर्सको सिटी हलमा जर्सी सिटी मेयर फुलपले नेपालको झण्डा फहराउने कार्यक्रम तय भएको छ ।

सिटी हल जर्सी सिटी महानगरको मुख्य प्रशासनिक सरकारी भवन हो । उक्त भवनमा अमेरिकाको झण्डा राखिएको हुन्छ । मेयर फुलपले अमेरिकाको झण्डासँगै नेपालको झण्डा फहराउनेछन् । यसपटक संविधान दिवशको अवशर पारेर झण्डा फहराउन लागिएको जर्सी सिटीमा रोजगार एवं तालिम बोर्डकी सदस्य डाक्टर बिष्णुमाया परियारले जानकारी दिइन् ।

नेपालको संविधान दिवस सेप्टेम्बर १९ मा रहेपनि उक्त दिन सप्ताहन्त परेकाले सेप्टेम्बर २० मा झण्डा फहराइनेछ । नेपाल र नेपालीको सम्मानको लागि अमेरिकाको मेयर फुलपले सेप्टेम्वर २० तारिख, सोमवार बिहान ११ बजेर ३० मिनेटमा नेपालको झmण्डा फहराउने उल्लेख गर्दै उक्त दिन उपस्थीतिका लागि डाक्टर परियारले नेपाली समुदायलाई आमन्त्रित गरेकी छिन् ।

सन् २०१७ मा सिटी हलमा नेपालको झण्डा फहराउने क्रममा

उक्त दिन विविधतायुक्त नेपाली पहिरनमा सहभागिता जनाउन अनुरोध गरिएको छ । सन् २०१७ को जुन ३० तारिख जर्सी सिटी सहर आफ्नो सिटी हल भवनमा नेपालको झण्डा फहराएको थियो । उक्त दिन नेपालको झण्डा फहराउनुका साथै नेपालको राष्ट्रिय गान समेत बजाइदा उपस्थीत नेपालीहरु भावुक बनेका थिए ।

जर्सी सिटी नेपालको झण्डा फहराउने दोश्रो अमेरिकी शहर हो । फिलाडेल्फिया सिटीले सन् २०१० को नोभेम्बर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो । जर्सी सिटीमा डा परियारको पहलमा झण्डा फहराइएको थियो । उनी जर्सी सिटी मेयरको डाईभर्सिटी एण्ड इन्क्लुजन बोर्डमा २ कार्यकाल ४ बर्ष सल्लाहकार रहेकी थिइन् ।

कभर तस्वीरमा सन् २०१७ मा जर्सी सिटीको सिटीहलमा नेपालको झण्डा फहराएपछिको दृश्य ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com