अमेरिकामा निकोलश तूफानको त्रास, लुजियानामा संकटकाल


प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार

अमेरिकाको लुजियानामा उष्ण कटबन्धीय तूफान निकोलश आउनु अगाडि राज्य संकटकालको घोषणा गरिएको छ । हरिकेन आइदाबाट थलिएर उठ्ने प्रयास गरिरहँदा निकोलश तूफानले बाढी आउनसक्ने भन्दै गभर्नर जोन बेल एडवार्डले संकटकालको घोषणा गरेका हुन् ।

निकोलश तूफान दक्षिणी गल्फ अफ मेक्सिकोमा निर्माण भएको छ भने बलियो हुँदै अगाडि बढेको छ । निकोलश तूफानले प्रतिघण्टा ६४ किलोमिटरको गति लिएको र मेक्सिकोको ला पेस्काबाट १७० माइल पूर्व दक्षिणपूर्णमा आएको आइतबार बेलुका ७ बजे जारी एड्भाइजरीमा जनाइएको थियो ।

लुजियानाका केही भागमा निकोलशका कारण बाढी र भारी बर्षाको अनुमान गरिएको छ । साताको मध्यसम्म यस्तो सम्भावना रहेको भन्दै संकटकालको घोषणा गरिएको हो । सन् २०२० मा हरिकेन लाउराले प्रभाव पारेको क्षेत्रमा नै निकोलश तूफानको प्रभाव पर्ने अनुमान गरिएको छ भने हालै आइदाले प्रभाव पारेको स्थानमा भारी बर्षा हुने अनुमान छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो तूफानका कारण केही स्थानमा विद्युत आपूर्तिमा अवरोध आउने गभर्नर एडवार्डले चेतावनी दिएका छन् । निकोलश सन् २०२१ मा एटलान्टिकको १४ औं तूफान हो, जसले आधाभन्दा बढी अमेरिकामा प्रभाव पारेको थियो । आइदा यो सिजनकै सबैभन्दा खराब आँधी हो, जसले न्युयोर्क, न्युजर्सी लगायतका विभिन्न राजयमा झण्डै ५० जनाको ज्यान लिएको थियो । न्युयोर्कमा आइदाका कारण आएको बाढीले ३ जना नेपालीको मृत्यु भएको थियो ।

निकोलशका कारण ६५ माइल प्रतिघण्टासम्मको गतिमा आँधी आउने अनुमान रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com