सेप्टेम्बर ३० भित्र सकेजति डाइभर्सिटी भिसा जारी गर्न दूतावासहरुलाई विदेश मन्त्रालयको निर्देशन


प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार

सेप्टेम्बर ३० भित्र उच्च प्राथमिकताका साथ आर्थिक बर्ष २०२१ का विजेताहरुलाई डाइभर्सिटी भिसा जारी गर्न दूतावास र कन्सुलेहरुलाई अमेरिकी विदेश मन्त्रालयले निर्देशन दिएको छ । वासिंटन डिसीको अदालतले डाइभर्सिटी भिसालाई अन्तिम प्राथमिकतामा राख्ने विदेश मन्त्रालयको सन् २०२० को नोभेम्बरको नीति कार्यान्वयनमा रोक लगाउने आदेश जारी गरेपछि विदेश मन्त्रालयले दूतावास र कन्सुलेहरुलाई डाइभर्सिटी भिसालाई प्राथमिकता दिन निर्देशन दिएको हो ।

अदालतले सेप्टेम्बर ९ मा जारी गरेको आदेशमा आगामी सेप्टेम्बर ३० भित्र तीब्र गतिमा उपयुक्त प्रयासका साथ डाइभर्सिटी भिसा जारी गर्न अमेरिकी विदेशमन्त्रालयलाई निर्देशन दिइएको छ । अदालतको आदेश अनुरुप नै सेप्टेम्बर ३० भित्र भिसा जारी गर्नका लागि हरतरहका सम्भव भएसम्मका प्रयास गर्न कन्सुलर सेक्सनहरुलाई निर्देशन दिइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

तर अदालतले अन्य भिसाका तुलनामा डिभीलाई प्राथमिकता दिन निर्देशन भने नदिएको अमेरिकी विदेश मन्त्रालयको भनाई छ । त्यस्तै डिभी सम्बन्धि मुद्दामा रहेका व्यक्तिको भिसालाई प्राथमिकता दिनका लागि पनि अदालतले आदेश नदिएको विदेश मन्त्रालयले जनाएको छ । कन्सुलर पोष्टहरुले सबै कुराहरु छाडेर डिभीलाईमात्र प्रकृयामा लैजानु नपर्ने अदालतले बताएको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

अमेरिकी दूतावास काठमाडौं

डिभीका आवेदनहरु कानूनले उल्लेख गरे अनुशार नै क्रमैसँगै प्रकृयामा लगिने, सबै कागजातका हिसाबले आवेदक योग्य हुनुपर्ने, सबै शुल्कहरु तिरेको हुुनुपर्ने, मेडिकल रिपोर्ट बुझाउनुपर्ने र भिसा जारी हुनुभन्दा अगाडि डाइभर्सिटी भिसाका लागि योग्य भएको प्रमाणित गर्नुपर्ने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ । डिभी २०२१ का आवेदकहरुका लागि सेप्टेम्बर ३०, २०२१ व त्योभन्दा अगाडि भिसा जारी हुनुपर्ने प्रावधान रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि कन्सुलर सेक्सनसँग डाइभर्सिटी भिसाका लागि अन्तरवार्ता तय गर्ने क्षमता भएको खण्डमा आवेदकले इमेलमार्फत नोटिफिकेशन प्राप्त गर्नसक्ने जनाइएको छ । कैयन डिभी विजेताहरुले कन्सुलर सेक्सनमा सिधै इमेलहरु पठाउने समेत गरेका छन् । त्यस्ता इमेलहरुको जवाफ सेप्टेम्बर ९ को अदालतको आदेश अनुशार दिन विदेश मन्त्रालयले कन्सुलर सेक्सनहरुलाई निर्देशन गरेको छ ।

विदेश मन्त्रालयले कन्सुलर सेक्सनहरुलाई यस्तो जवाफ पठाउनका लागि निर्देशन दिएको छ – ‘हामी वासिंटन डिसीको डिस्ट्रिक्ट कोर्टले २०२१ को डाइभर्सिटी कार्यक्रमबारे सेप्टेम्बर ९ मा जारी गरेको आदेशबारे विज्ञ छौं । उक्त आदेश अनुशार पोष्टहरुले डिभी आवेदनहरुलाई सेप्टेम्बर ३०, २०२१ भित्र तीब्र गतिमा प्रकृया अगाडि बढाउनका लागि असल नियतले प्रयासहरु गरिरहेका छन् । साधनश्रोतको अभाव, कोरोना महामारीका कारण उत्पन्न सिमाहरु, मुलुकको अवस्थाको अधिनमा रहेर कानून अनुशार क्रमले हामीले डिभीका केसहरु प्रकृयामा लैजान निरन्तरता दिनेछौं । यदि पोष्टसँग तपाईको केस तालिकामा राख्ने क्षमता भएमा तपाईले इन्ट्रेण्ट स्टेटस चेक साइटमा हेर्न सुचित गरिएको नोटिफिकेशन प्राप्त गर्नुहुनेछ ।’

अमेरिकी दूतावास र कन्सुलेटहरुले २०२१ का डिभी विजेतालाई गत बर्षको अक्टोबरदेखि भिसा जारी गर्नुपर्ने भएपनि तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण भिसा जारी गरेका थिएनन् । राष्ट्रपति जो बाडडेनले ट्रम्पको कार्यकारी आदेश खारेज गरेपनि डाइभर्सिटी भिसालाई विदेश मन्त्रालयले अन्तिम प्राथमिकतामा राखेका कारण अत्यन्तै कमलेमात्र भिसा पाउन सफल भए ।

सेप्टेम्बरभित्र कति डाइभर्सिटी भिसा जारी हुनेछ भन्ने यकिन नभईकन जारी नभएका कति डाइभर्सिटी भिसालाई संरक्षण गर्ने भन्नेबारे निर्णय गर्नु अपरिपक्व हुने उल्लेख गर्दै न्यायाधिस मेहताले सेप्टेम्बर ३० अगाडि विजेताहरुलाई तीब्र गतिमा भिसा जारी गर्न आदेश दिएका छन् । आर्थिक बर्ष २०२१ को अन्तिममा जारी हुन बाँकी कति डाइभर्सिटी भिसालाई संरक्षण प्रदान गर्ने भन्नेबारे अर्को आदेश जारी गर्ने मेहताले संकेत दिएका छन् ।

यसअगाडि अदालतले आर्थिक बर्ष सन् २०२० का संरक्षण गरिएका ९०९५ डाइभर्सिटी भिसा जारी गर्न सरकारलाई आदेश दिएको थियो । सरकारले ती भिसाहरु आर्थिक बर्ष २०२३ भन्दा अगाडि जारी गर्न नसकिने जवाफ दिएको थियो ।

कति नेपालीले पाए डाइभर्सिटी भिसा?

अमेरिकी दूतावास काठमाडौंले जुलाईमा ८३ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । जुनसम्म अत्यन्तै कममात्र डिभी विजेताहरुलाई भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले जुलाईमा भने उल्लेख्यमात्रामा डिभी विजेताहरुलाई भिसा जारी गरेको हो ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार जुन महिनाको तुलनामा जुलाईमा पाँचगुणाभन्दा धेरैलाई भिसा जारी गरेको थियो । जुन महिनामा अमेरिकी दूतावास काठमाडौंले जम्मा १६ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । अगस्तमा जारी गरेको भिसा विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ ।

मे महिनासम्म आर्थिक बर्ष सन् २०२१ का डिभी विजेताहरुलाई अमेरिकी दूतावास काठमाडौंले भिसा जारी गरेको थिएन । जुनबाटमात्र भिसा जारी गर्न सुरु गरेको हो ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको छ । उनीहरुमध्ये ३६ सयभन्दा धेरैले अझै भिसा पाएका छैनन् ।   उनीहरुले गतबर्षको अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउनमा ढिलो भएको थियो । तर पछि बाइडेन प्रशासनले रोक हटाउँदा पनि दूतावासले मेसम्म भिसा जारी नगर्दा भिसा पाउनेहरुको संख्या कम भएको हो ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । आगामी अक्टोबर १ देखि आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउन सुरु गर्नेछन् । गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा पनि  मे ८ मा आइसकेको छ । आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com