नेपालको टीपीएस १५ महिना थपिएको समाचारबारे औपचारिक सुचनाको प्रतिक्षा


प्रकाशित मिति : भाद्र २३, २०७८ बुधबार

नेपाल लगायतको टीपीएसको अवधि सन् २०२२ को डिसेम्बर ३१ सम्मका लागि स्वत थप गरिएको श्रोतलाई उद्दृत गर्दै ल्याटिनो संचारमाध्यमहरुले समाचार प्रकाशित गरेका छन् । नेपालसहित होण्डुरस, एल साल्भाडोर, निकारागुवा र सुडानको टीपीएसको अवधि पनि १५ महिना थप गरिएको समाचारमा उल्लेख गरिएको छ ।

यसबारे अमेरिकी सरकारका तर्फबाट भने अहिलेसम्म औपचारिक सुचना प्रकाशित गरिएको छैन । यसबारेको आधिकारिक सुचना आगामी केहीदिनमा नै फेडरल रजिष्टरमा प्रकाशित हुने अपेक्षा गरिएको छ ।

केही संचारमाध्यमहरुले टीपीएसको अवधि थपिएको बताएपनि नेपालीहरुले भने औपचारिक रुपमा सरकारी सुचनाको प्रतिक्षा गरिरहेका छन् ।

फोटो: अधिकार

अहिलेसम्म नेपालीका टीपीएसको कागजातको अवधि अक्टोबर ४ सम्म कायम रहेको छ । आप्रवासी अधिकारका क्षेत्रमा काम गरिरहेका अधिकारकर्मीहरुले टीपीएसको अवधि थप गरिएपनि स्थायी समाधानका लागि टीपीएसवाहकलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजानुपर्ने बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com