क्यालिफोर्नियामा सुमन पोख्रेलको अस्पताल भर्ना भएको केही समयमै निधन, गोफण्डमीमा सहयोग


प्रकाशित मिति : भाद्र २०, २०७८ आईतबार

अमेरिकाको क्यालिफोर्निया निवासी नेपाली युवा २७ बर्षका सुमन पोख्रेलको अस्पताल भर्ना भएको केही समयमै निधन भएपछि दाहसंस्कार लगायतको लागि गोफण्डमीमा सहयोग संकलन अभियान सुरु गरिएको छ । पोख्रेलको परिवारलाई अमेरिकामा बोलाएर दाहसंस्कार गर्ने वा शव नेपाल पठाउने निश्चित नभएपनि जुनसुकै अवस्थामा पनि खर्चिलो हुने भएकाले सहयोग संकलन सुरु गरिएको हो ।

४४ हजार डलरको लक्ष्यसहित गोफण्डमीमा सुरु सहयोग संकलन अभियानमा यो समाचार तयार पार्दासम्म २२ हजार ३ सय ६ डलर संकलन भइसकेको छ । फण्डरेज द ह्वाइट जोन नामको गैर नाफामुलक संस्थाका तर्फबाट गरिएको हो ।

यदि तपाई गोफण्डमी मार्फत सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

झापा स्थायी घर भएका र ४ बर्षदेखि नर्दन क्यालिफोर्नियाको रिचमण्डमा बस्दै आएका पोख्रेलको शनिबार निधन भएको हो । तर मृत्युको कारण भने खुलाइएको छैन । गतबर्ष नेपाल गएर विवाह गरेर आएका उनकी २२ बर्षकी श्रीमति र एक छोरा छन् । सुमनको साथीहरुका अनुशार उनी अत्यन्तै मिलनशार स्वभावका रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच मेरिल्याण्ड राज्य सांसद ह्यारी भण्डारीले पोखे्रलको निधनप्रति दुख व्यक्त गर्दै पारिवारका सदस्यहरुको चाहना अनुशार पार्थिव शरीर व्यवस्थापनका लागि सरोकारवाला निकायसँग समन्वय गरी सम्पूर्ण प्रकृया पूरा गरिने बताएका छन् । एकपछि अर्को समुदायका सदस्यहरु गुमाउँदा आफू मर्माहत भएको भन्दै मृतकको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com