न्युयोर्कमा एकैपरिवारका ३ नेपालीको मृत्युपछि नेपाली समुदाय स्तब्ध, श्रद्धाञ्जली व्यक्त


प्रकाशित मिति : भाद्र १८, २०७८ शुक्रबार

न्युयोर्कमा बाढीबाट एकैपरिवारका ३ जना नेपालीको मृत्यु भएपछि न्युयोर्कको नेपाली समुदाय स्तब्ध भएको छ । ने्पाली समुदायका तर्फबाट मृतकहरुको आत्माको चीर शान्तिको कामना र श्रद्धाञ्जली व्यक्त गरिएको छ । न्युयोर्कमा भएको बर्षा र बाढीका कारण मृत्यु १९ महिनाका बालक लोप्साङ लामा , उनका बुबा ४९ बर्षका आङ गेलु लामा र आमा मिङमा शेर्पाको निधन भएको थियो ।

सोलुखुम्बु जुनबेसीका उनीहरु झण्डै डेढ दशकदेखि अमेरिकामा बस्दै आएका थिए । न्युयोर्कको क्वीन्स उडसाइड ६४ स्ट्रीटमा रहेको घरको बेसमेन्टमा बस्दै आएका उनीहरुको घरमा बाढी बसेपछि तीनैजनाको मृत्यु भएको हो । उनीहरुको झ्यालबाट पानी पसेको थियो ।

सपरिवारको असामयिक निधन भएको खबरले आफूहरुलाई मर्माहत बनाएको भन्दै युनाईटेड शेर्पा एसोसियसन अमेरिका शेर्पा किदुगले दुखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

त्यस्तै नेपाल आदिवासी जवजाती महासंघ अमेरीका फिप्नाले न्युयोर्कमा आएको बाढी र बर्षातले एकैपरिवारका तीनजनाको असामयिक निधन भएको खबरले आफूहरुलाई मर्माहत बनाएको उल्लेख गर्दै दिवंगत आत्माहरुको चीर शान्तिको कामना र श्रदान्जली व्यक्त गरेको छ ।

त्यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्वाङले पनि नेपाली परिवारको निधन भएकोमा शोक व्यक्त गरेका छन् । बिष्टले भनेका छन् – ‘न्युयोर्कमा आएको बाढी र बर्षातले सपरिवारको असामयिक निधन भएको खबरले मर्माहत बनाएको छ। यस दुस्खद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको प्रार्थना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समबेदना व्यक्त गर्दछु ।’

त्यस्तै महासचिव नेम्वाङले पनि दिवंगत आत्माहरुको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त सप्मूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

महावािणज्यदूत प्रेमराजा महतले श्रद्धाञ्जली व्यक्त गर्दा आत्मा जलन भएको उल्लेख गर्दै नेपालबाट सात समुन्द्र पार गरेर आई बच्चाको सुन्दर भविष्यको सपना बोकेका जोडीको बच्चासहित अल्पायु मै निधन भएको खबरले स्तब्ध बनाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

त्यस्तै कलाकार सरोज खनालले न्युयोर्कमा आएको बाढी र बर्षातले आफ्नै कोठा भित्र भलको कारणले सपरिवारको असामयिक निधन भएको खबरले एकदम मर्माहत बनाएको बताएका छन् । उनले दुखत घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

न्युयोर्कको महावणिज्यदूतावासमा विगतमा कार्यवाहक महावाणिज्यदूतका रुपमा कार्यरत पुष्पराज भट्टराईले तीन जनाको असामयिक निधन भएको खबरले अत्यन्तै दुखी बनाएको उल्लेख गर्दै दिवंगत लामाको परिवार प्रति हार्दिक समबेदना व्यक्त गरेका छन् ।

त्यस्तै विगतमा न्युयोर्कको महावणिज्यदूतावासमा कार्यरत प्रवीण भट्टराईले सोलुखुम्बु जुनबेसी घर भई हाल न्यूयोर्कको उडसाईड वस्ने आङ गेलु लामासँग पटकपटक भेट भएको स्मरण गर्दै सपरिवारको निधनको खबरले मर्माहत बनाएको उल्लेख गरेका छन् । उनले भनेका छन् – ‘यसपटक पटक मनलाई ढुंगा जस्तो बनाएर हार्दिक श्रद्धांजली लेखिरहेको छु । यस कठिन परिस्थितिमा स्वर्गीय लामाको परिवारको लागि आवश्यक सहयोग नेपाली समुदायबाट हुने कुरामा बिश्वस्त छु ।’

तामाङ सोसाइटी अफ अमेरिका, किराँत राई सोसाइटी अफ अमेरिका, ह्योल्मो सोसाइटी अफ अमेरिका लगायतका संघ संस्थाले पनि शोक र श्रद्धाञ्जली व्यक्त गरेका छन् । न्युयोर्कमात्र होइन, अमेरिका र विश्वभरबाट विभिन्न व्यक्ति र संघसंस्थाहरुले श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com