बेलायतका प्राध्यापक डा. सुवेदी अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको कानूनी सल्लाहकारमा नियुक्त


प्रकाशित मिति : भाद्र १७, २०७८ बिहीबार

बेलायतको लिड्स विश्वविद्यालयका अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदीलाई अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) ले कानूनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

प्रत्येक चार वर्षमा हुने उक्त संघको विश्व समेलनलाई कानूनी र प्रक्रियागत विषयमा सल्लाह दिन उनलाई नियुक्ति गरिएको हो ।

यस पटकको विश्व समेलन यसै महिना फ्रान्सको मार्से शहरमा हुन लागेको छ । संसारका अधिकांश देश र थुप्रै गैर सरकारी संस्थाहरु उक्त संघका सदस्य छन् । स्विटजरल्याण्डमा प्रधान कार्यालय भएको सो संघको नेपाल सन् १९७४ देखि सदस्य छ । संसारको प्रकृति र प्राकृतिक सम्पदा संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उक्त संघको नेपालमा पनि कार्यालय छ र संघले नेपालको प्राकृतिक सम्पदाको संरक्षणमा सहयोग गर्दै आएको छ ।

प्रतिष्ठित अन्तरराष्ट्रिय संस्थाले कानूनी सल्लाहकारमा नियुक्ति गरेकामा आफू गौरवान्वित भएको प्रा सुवेदीले बताए । फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोनले उद्घाटन गर्ने उक्त अधिवेशनमा अन्य धेरै देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम छ। उक्त अधिवेशनमा भाग लिन फ्रान्स प्रस्थान गर्न लागेको पनि सुवेदीले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुवेदीले अन्तरराष्ट्रिय वातावरण, पर्यावरण कानून र प्राकृतिक सम्पदा संरक्षण सम्बन्धि थुप्रै कृति प्रकाशन गरेका छन्। अक्सफोर्ड विश्व विद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधि गरेका सुवेदीले संयुक्त राष्ट्रसंघको मानव अधिकार प्रतिनिधि भएर क्याम्बोडियामा ६ वर्ष र बेलायतको परराष्ट्र मन्त्रीको मानव अधिकार सल्लाहकार भएर पांच वर्ष काम गरिसकेका छन् ।

त्यसका साथै डाभोस फोरम भनेर चिनिने स्विटजरल्याण्डमा प्रधान कार्यालय भएको विश्व आर्थिक फोरममा पनि विशेषज्ञको रुपमा सुवेदीले काम गरेका छन् । उनी बेलायतकी महारानीबाट ‘ओबिइ’ र कुइन्स काउन्सेलको प्रतिष्ठित कानूनविदलाई दिइने उच्च उपाधिबाट समेत सम्मानित भइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com