नेपालमा कोरोनाः २५२५ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु


प्रकाशित मिति : भाद्र ८, २०७८ मंगलबार

नेपालमा थप २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न प्रयोगशालमा १४ हजार ८ सय १० जनामा परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

जसमा काठमाडौंमा ५ सय १८, ललितपुरमा १ सय १९ र भक्तपुरमा ५२ संक्रमित रहेका छन्।

मंगलबार २ हजार ८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख २ हजार १ सय ८३ रहेको छ। निको हुने दर ९३.५ प्रतिशत छ।

२४ घण्टामा नेपालमा ३५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट १० हजार ५ सय ६८ जनाको मृत्यु भइसकेको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० छ। जसमा ३५ हजार १ सय ४५ जना होम आइसोलेसनमा, ३ हजार १ सय ५ संस्थागत आइसोलेसनमा, ६ सय २० जना आइसीयूमा र १ सय ७० जना भेन्टिलेटरमा छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com