नेपालमा कोरोनाः संक्रमितभन्दा निको हुनेको संख्या बढी


प्रकाशित मिति : भाद्र ५, २०७८ शनिबार

नेपालमा शनिबार दैनिक संक्रमितभन्दा निको हुनेको संख्या बढी देखिएको छ। २४ घण्टामा देशभर २ हजार ३ सय ८२ जना निको भएर घर फर्किएका छन्। शनिबार संक्रमण पुष्टि हुनेको संख्या भने २ हजार ७५ छ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९ सय २५ छ भने निको हुने दर ९३.३ प्रतिशत छ।

यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ। तीमध्ये ३६ हजार १५ होम आइसोलेसनमा, ३ हजार ३ सय ६ जना संस्थागत आइसोलेसनमा, ४ सय २३ जना क्वारेन्टाइनमा, ७ सय १८ जना आइसीयूमा र १ सय ६६ जना भेन्टिलेटरमा छन्।

शनिबार कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट १० हजार ४ सय ८५ जनाको मृत्यु भएको छ। मृत्युदर १.५ प्रतिशत छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बितेका २४ घण्टामा देशभर ६३ हजार ९६३ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उपत्यकामा ६६७ सङ्क्रमित थपिए
काठमाडौँ उपत्यकामा ६६७ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४८३, ललितपुरमा १०३ तथा भक्तपुरमा ८१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६६३, भक्तपुरमा एक हजार ४८१ तथा ललितपुरमा दुई हजार २९२ रहेको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com