अमेरिका निवासी सुवास थापाको निर्देशनमा तीज गीत, कोरियोग्राफर बिनिता खड्का


प्रकाशित मिति : भाद्र १, २०७८ मंगलबार

अमेरिका निवासी कलाकार सुबास थापाको निर्देशनमा तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सीमा शाहको स्वर रहेको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।

गीतमा भामा देवकोटा शर्माको शब्द तथा करण राज कार्कीको संगीत निर्देशन छ । आउ साथी नाचौं गाउँ बोलको गीतलाई बिजेश्वर तण्डुकारले संगीत संयोजन गरेका छन् ।

रामेश्वर कार्कीद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई अराज केशव गिरीले सम्पादन गरेका छन् ।

बिनिता खड्काद्वारा कोरियोग्राफी गरिएको उक्त गीतको भिडियोमा बिनिता खड्का थापा, भामा शर्मा, नम्रता शर्मा, मिनिता श्रेष्ठका साथमा बाल कलाकारहरु आर्या भट्टराई, प्रसिस शर्मा, प्रत्यूस शर्मा लगायतले अभिनय गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com