अमेरिका निवासी बुढा मगर दम्पत्तिले ६५ लाखमा पूर्वी रुकुममा बनाइदिए खुलामञ्च


प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार

अमेरिकाको पेन्सिलभेनिया बस्दै आएका गौप्रसाद बुढा मगर र बिनाकुमारी बुढा मगरले दिवंगत बुबाआमाको सम्झनामा पूर्वी रुकुमको पुथा उत्तर गंगामा ६५ लाख रुपैयाको लागतमा खुलामञ्च निर्माण गरेका छन् । अमेरिकामा बिगत ९ बर्ष देखि रेष्टुरेन्ट व्यवसाय गर्दै आएका उनीहरुले बुबाआमाको सम्झनामा प्रवेश–रामजी स्मृति खुला मञ्च निर्माण गरेका हुन् ।

प्रवेश बुढा मगर र रामजी बुढा मगर विनाकुमारीका बुवा–आमा हुन् भने गौप्रसादका ससुरा–सासु हुन्। तकस्थित फुटबल खेलमैदानमा जुनसुकै आमसभा एवं कार्यक्रम तथा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदा मञ्चका रूपमा प्रयोग गरिने भएको छ।

२५ फिटको उचाइ, ४२ फिटको लम्बाइ रहेको खुला मञ्चभित्रै दुई शौचालय, दुई आरामकक्षसँगै गेट निर्माण गरिँदै छ। गत चैतमा निर्माण सुरु गरिएकोमा अब अब गेट निर्माणको काम मात्र बाँकी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसै महिना उक्त खुला मञ्च गाउँपालिकालाई हस्तान्तरण गरिने भएको छ । जिल्लामा अहिलेसम्म सरकारी लगानीमा समेत खुला मञ्च निर्माण नगरिएको अवस्थामा व्यक्तिगत रुपमा नै खुलामञ्च बनाइएको हो ।

२०७४ सालमा पनि पुथाउत्तरगंगा–११ स्थित उत्तरगंगा आधारभूत विद्यालय उपल्लो सेरामा गौप्रसाद बुढा मगरले दिवंगत बुबाको नाममा ४५ लाख रुपौँया लगानीमा तीन कोठाको भवन निर्माण गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com