अपराधको शिकार भएका कागजपत्रविहिनहरुलाई अमेरिकामा पक्राउ र देशनिकाला नगर्ने नयाँ नीति


प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार

अपराधको शिकार भएका कागजपत्रविहिनहरुलाई अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले पक्राउ र देशनिकाला नगर्ने भएको छ । नयाँ निर्देशिका अनुशार अपवादको अवस्थामाबाहेक अपराधको शिकार भएकाहरुलाई अमेरिकामा पक्राउ र देशनिकाला नगरिने भएको छ ।

ट्रम्प प्रशासनको देशनिकालाको प्राथमिकता उल्टाउने क्रममा बुधबार नयाँ नीति सार्वजनिक गरिएको हो । आइसका अधिकारीहरुले कागजपत्रविहिनलाई न्याय खोज्न र अध्यागमन सुविधा लिनका लागि सघाउनुपर्ने नयाँ निर्देशिकामा उल्लेख छ ।

ड्युटीमा रहेका बेला आइसका अधिकारीहरुले कागजपत्रविहिन अपराधको शिकार भए नभएको जाँच गर्ने प्रमाणहरु हेर्नुपर्ने आइसका कार्यकारी निर्देशक ताइ जोन्सनले हस्ताक्षर गरेको निर्देशिकामा उल्लेख छ । विगतको नीतिले आइसका अधिकारीहरुलाई धेरै तजविज अधिकार दिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर अब सम्भावित अपराधको शिकार भएका कागजपत्रविहिनलाई सघाउन आइसका अधिकारीहरुले सकृय रुपमा भूमिका निभाउनुपर्ने भएको छ । अब सम्भावित अपराधको शिकार भएकाहरुले उनीहरुका लागि उपलब्ध उचित सेवा प्राप्त गर्ने भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com