न्युयोर्कमा फिप्ना कप २०२१: प्रथम हुने टिमलाई ५ हजार डलर नगद, दोश्रोलाई ३ हजार


प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार

२७ औ विश्व आदिवासी दिवस २०२१ को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका फिप्नाको आयाृेजनामा फिप्ना कप भलिबल तथा फिप्ना कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता न्यूयोर्कको क्वीन्स व्रिज पार्कमा सम्पन्न भएको हो ।

१४ टिम सहभागी भएको भलिबल खेलको उपाधी नेपस्टार डालस टेक्सास ले जितेको छ भने तमु गुरूङ सोसाइटी दोस्रो भएको छ ।

१८ टिम सहभागी फुटबलमा न्यूयोर्क फुटबल क्लब प्रथम भएको छ भने याक फुटबल क्लब दोस्रो भएको छ । विजेता खेलाडीहरूलाई क्रमश प्रथम पुरस्कार नगद हजार डलर र दोस्रो ३ हजार डलर कप , मेडल तथा प्रमाण पत्र प्रदान गरिएको छ ।

फिप्ना कप भलिबल र फुटबल २०२१ को संयोजक तथा व्यवस्थापनमा फुटबल तर्फ संयोजक सुमन थामेसुहाङ तथा सह संयोजकहरू वाङला लामा , कुमार शेरचन, अजित गुरूङ, सेहाङ नेम्बाङ र बुद्वी गुरूङ रहेका थिए ।

भलिबलमा संयोजक याम पुन र सह संयोजकहरू हरि राना , जीत गुरूङ, मन प्रसाद रोक्का , पासांङ लामा, ईन्द्र थापा ,सुजल छन्त्याल, दिप ब रानामगर, विकास घर्तीमगर रहेको सचिवाल टिमले काम गरेका थिए ।

फिप्ना कप २०२१ ले नेपाली अमेरीकन समुदायमा युवा तथा खेलकुदको माध्यम मार्फत नेपाली अमेरीकन पहिचान स्थापित गराउने अभियान रहेको आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाका अध्यक्ष लोक चेम्जोङले बताए ।

प्राविधिक टोली , स्वयंसेवक र खेलाडीहरूको उत्साहजनक सहभागिता र सहयोगका साथ प्रतियोगिता सम्पन्न भएको फिप्नाका महासचिव नरेन्द्र थापाले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com