अब ग्रिनकार्ड आवेदन दिंदा फर्म आई ४८५ बाटै सोसल सेक्युरिटी नम्बरको आवेदन दिन सकिने


प्रकाशित मिति : श्रावण २५, २०७८ सोमबार

अब ग्रिनकार्ड आवेदन दिंदा आई ४८५ आवेदनसँगै आवेदकले सोसल सेक्युरिटी नम्बरका लागि वा सोसल सेक्युरिटी कार्ड पुनः प्राप्त गर्नका लागि आवेदन दिनसक्ने युएससीआईएसले आज घोषणा गरेको छ । यसअगाडि ती आवेदकहरुले सोसल सेक्युरिटी नम्बरका लागि सोसल सेक्युरिटी अफिसमा गएर आवेदन दिनुपर्ने प्रावधान रहेकोमा युएससीआईएसले सोसल सेक्युरिटी प्रशासनसँगको सहकार्य विस्तार गरेको हो ।

युएससीआईएसले नयाँ सोसल सेक्युरिटी नम्बर प्राप्त गर्न वा कार्ड पुन प्राप्त गर्नका लागि आई ४८५ फर्ममा अपडेट गरिरहेको छ । अपडेट गरिएको फर्ममा थप प्रश्नहरु पनि समावेश हुनेछन् । यसअगाडि अमेरिकाबाहिरबाट आवेदन आप्रवासी भिसाका लागि आवेदन दिनेहरुले डीएस २६० फर्म भर्दा सोसल सेक्युरिटी नम्बरको अनुरोध गर्नसक्ने व्यवस्था थियो भने वर्क परमिटका लागि आवेदन दिंदा समेत यस्तो व्यवस्था रहेको थियो ।

ग्रिनकार्ड आवेदन आई ४८५ सँगै सोसल सेक्युरिटी नम्बरका लागि आवेदन दिएकाहरुको विवरण आवेदन स्वीकृत हुनासाथ युएससीआईएसले विद्युतीय रुपमा सोसल सेक्युरिटी प्रशासनमा पठाउनेछ । उक्त विवरण प्राप्त गर्नासाथ सोसल सेक्युरिटी प्रशासनले नयाँ सोसल सेक्युरिटी नम्बर वा पहिलेकै नम्बरमा नयाँ कार्ड पठाउनेछ । यो सहकार्यका कारण आवेदकले फर्म आई ४८५ भर्दा लाग्ने शुल्कभने बृद्धि हुनेछैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आवेदकहरुले आजैदेखि नै अपडेट गरिएको फर्म भर्नसक्ने भएका छन् भने नयाँ प्रावधानपनि आजैदेखि लागु गरिएको छ । यो प्रावधान लागु भएसँगै अमेरिकामा पहिले नै सोसल सेक्युरिटी नम्बर प्राप्त गरिसकेका ग्रिनकार्डवाहकले ग्रिनकार्ड प्राप्त गरेपछि सोसल सेक्युरिटी नम्बरमा ग्रिनकार्ड प्राप्त गरेको विवरण अपडेट गर्न सोसल सेक्युरिटी अफिसमा जानुपर्नेछैन भने विगतमा सोसल सेक्युरिटी नम्बर प्राप्त नगरेकाहरुले पनि सोसल सेक्युरिटी अफिस नगई नयाँ नम्बर प्राप्त गर्नेछन् । युएससीआईएसले बार्षिक झण्डै ५ लाख ७६ हजार आई ४८५ आवेदन प्राप्त गर्छ ।

ग्रिनकार्ड आवेदनसँगै सोसल सेक्युरिटी नम्बरका लागि आवेदन दिने आवेदकले ग्रिनकार्ड प्राप्त गरेको दुईसाताभित्र सोसल सेक्युरिटी नम्बर प्राप्त गर्ने युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com