यसरी हुँदैछ एमालेको संगठनात्मक ढाँचा परिर्वतन (विधानको पूर्णपाठसहित)


प्रकाशित मिति : श्रावण २५, २०७८ सोमबार

एमालेको संगठनात्मक ढाँचा परिवर्तन हुने भएको छ। सोमबारको केन्द्रीय कमिटीबाट पारित विधान संशोधन प्रस्तावका अनुसार एमालेको केन्द्रीय कमिटी अब २२५ सदस्यीय हुनेछ।

पदाधिकारीको संख्यामा पनि हेरफेर गरिएको छ। अब एक अध्यक्ष, २ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव र ७ सचिव रहने भएका छन्।

केन्द्रीय कमिटीमा वैकल्पिक सदस्यको व्यवस्था हटाइने भएको छ। केन्द्रीय कमिटीले मनोनित गर्न सक्ने केन्द्रीय कमिटीको सदस्य संख्या बढीमा १० प्रतिशत कायम गर्ने व्यवस्था गरिएको छ। यस्तै, एमालेमा अब पोलिटब्यूरो रहनेछैन भने स्थायी कमिटी ३५ सदस्यीय हुने भएको छ।

केन्द्रीय कमिटी तथा केन्द्रीय निकायको निर्वाचनमा समावेशिता र समानुपातिक तथा प्रादेशिक सन्तुलन कायम गर्ने व्यवस्था गरिएको छ।
यस्तै, शर्त पूरा गरेर सदस्यता प्राप्त गरेपछि ६ महिनासम्म परीक्षणकाल रहनेछ। संशोधित विधानले ७० वर्ष उमेर पार गरेका वरिष्ठलाई ज्येष्ठ कम्युनिष्ट मञ्चको सदस्यता प्रदान गर्ने व्यवस्था गरिएको छ। अञ्चल समन्वय कमिटीको सट्टा निर्वाचित र कार्यकारी हैसियतको प्रदेश कमिटीको व्यवस्था गरिनेछ भने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा आवश्यकताअनुसार निर्वाचन क्षेत्र समन्वय कमिटी निर्माण हुनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्वाचनमा प्यानल बनाउन बन्देज गरिएको छ भने सबै तहका पार्टी कमिटी, आयोग वा परिषद्मा न्यूनतम ३३ प्रतिशत महिना प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com