न्युयोर्कमा मृत्यु भएका नेपाली युवाको शव अस्पतालमा, नेपाल पठाउन आर्थिक संकलन अभियान


प्रकाशित मिति : श्रावण १६, २०७८ शनिबार

अमेरिकाको न्युयोर्कमा मृत्यु भएका नेपाली युवा २८ बर्षका विपिन लम्सालको शव नेपाल पठाइने भएको छ । शव नेपाल पठाउनका लागि गोफण्डमीमा आर्थिक संकलन अभियान संचालन गरिएको छ ।

लम्साल अमेरिकाको न्युयोर्क स्थीत ग्रयाण्ड एभिन्युमा बस्दै आएका थिए ।

गत मङ्गलवार उनको अचानक मृत्यु भएको थियो । घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नजिकैको एलमस्ट अस्पताल पुर्‍याइएको थियो ।

लम्सालको शव नेपाल पठाउन सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

अस्पताल लगिएको केही समयमा नै अस्पतालले लम्साललाई मृत घोषणा गरेको थियो । पर्वतका लम्साल २०१६ मा अमेरिका आएका थिए ।

सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा विपिन लम्सालको २८ वर्षकै उमेरमा असामयिक निधन भएको दुखद घटनाबाट मर्माहत भएको एनआरएनए अमेरिकाले जनाएको छ । लम्सालको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।

अहिले स्वर्गीय लम्सालको शव अस्पतालमा नै रहेको छ । विपिनका बुवा पोशराज लम्सालले छोराको शव नेपाल पठाई दिन एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरलाई अनुरोध गरेको जनाइएको छ ।

परिवारको अनुरोध अनुसार एनआरएन अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिका स्थित नेपाली एम्बेसी, मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, न्यु योर्क च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन सक्रिय भएर लागेको एनआरएनएले जनाएको छ ।

नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि एनआरएनए न्युयोर्क च्याप्टरले गोफण्ड मार्फत सहयोगका लागि अपिल गरेको हो । एनआरएनए न्युयोर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पाले दाताहरूलाई गोफण्डमीको लिङ्कमा गएर सहयोग गर्न आग्रह गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com