एसएसबीले तुईन काटिदिँदा नेपाली बेपत्ताः घटनाको चौतर्फी विरोध, के भन्छन् जिल्ला प्रशासन र गृहमन्त्रालय?


प्रकाशित मिति : श्रावण १६, २०७८ शनिबार

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिँदा दार्चुलाको ब्यास नगरपालिका २ का जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाको चौतर्फी विरोध भएको छ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्त घटनामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। शनिबार आयोजित अखिल फोर्सको वृहत भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘घटनामा संलग्नलाई कारबाही गरोस् भनेर म भारत सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। नेपाल सरकारलाई पनि यो विषय उठाउनु सुझाव दिन चाहन्छु, म शेरबहादुर देउवालाई विशेष आग्रह गर्न चाहन्छु।’

विभिन्न चार कम्युनिष्ट घटकले पनि उक्त घटना नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वनिर्णयको अधिकारविरुद्धको हेपाहा र षडयन्त्रमुलक घटना भएको भन्दै यसको डटेर प्रतिरोध गर्न आव्हान गरेका छन्।

नेकपा क्रान्तिकारी माक्र्सवादीका महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव विप्लव, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक आहुतिले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो घटनाको निन्दा र भर्त्सना गरेका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘यो अमानवीय, आततायी र बर्बरतापूर्ण घटनाको हामी चार कम्युनिष्ट पार्टी कडा निन्दा र भर्त्सना गछौंं,’ विज्ञप्तिमा भनिएको छ, ‘यथासक्य घटनाको वास्तविकता नेपाली जनताको बीचमा सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न ढिला गरियो भने हामी चार पार्टी जनसंघर्षमा जान बाध्य हुनेछौं।’

शनिबारै ५ विद्यार्थी संगठनले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादति रोक्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरुले  तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरे।


यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालै उक्त घटनाको छानबिनका लागि सरकारसँग माग गरेका छन्। उनले शनिबार ट्वीट गर्दै लैखेका छन्, ‘दार्चुलामा तुईनबाट महाकाली नदी तर्न लाग्दा भारतीय सुरक्षाकर्मीले तुईनको डोरी चुडाईं दिएकोले नदीमा डुबेर जयसिंह धामीको दुस्खद निधन भएको घटनाको छानविन गर्न सरकारसॅग माग गर्दछु। उनले भनेका छन्, ‘घटना सत्य हो भने सो अमानवीय कार्यमा संलग्न दोषीलाई भारत सरकारले कारवाही गरी सार्वजनिकरूपमा माफी माग्नु पर्छ।’

के भन्छ जिल्ला प्रशासन कार्यालय?
यता दार्चुला जिल्ला प्रशासनले भने सो घटना अनुसन्धान तथा छानबिनको क्रममा नै रहेकाले सत्यतथ्य पुष्टि नभइसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पर्ने किसिमका कुनै पनि तथ्यहीन भ्रामक सूचना प्रकाशन प्रसारण नगरिदिन आग्रह गरेको छ।

घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य जानकारी गराई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिसकिएको पनि सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले जनाएकी छन्।

घटनाको सत्यतथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरीबल नेपाल नम्बर ४४ गण दार्चुला, जिल्ला प्रहरी कार्यालय, र राष्टिय अनुसन्धान जिल्ला कार्यालय दार्चुलाबाट टोली खटिएको र हालसम्म कुनै औपचारिक जानकारी प्राप्त नभइसकेको प्रशासनले जनाएको छ।

गृह मन्त्रालयले पनि दार्चुला घटनालाई लिएर पुष्टि नभएका तथ्यहरुलाई लिएर समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै घटनालाई लिएर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सूचनारसमाचार प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

मन्त्रालयले स्थानीय प्रशासन एवं सुरक्षा निकायलाई घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिई सकेको भन्दै उक्त घटनाको अनुसन्धान तथा छानविनको क्रम जारी रहेकाले सत्यतथ्य पुष्टि भई नसकेको अवस्थामा भ्रम सिर्जना हुनेगरी सूचना तथा समाचार प्रकाशन नगरिदिन आग्रह गरेको छ।

यसो भन्छन् स्थानीय भूगोलबारे जानकार पत्रकार
यस प्रकरणमा पत्रकार राजेन्द्र नाथले श्रृंखलाबद्ध रुपमा फेसबुकमा आफ्ना धारणा राखेका छन्।

उनले भनेका छन्, ‘प्रत्यक्षदर्शीहरुको बयान तारन्तार मिडियामा आएकै छ। पीडित पक्षले नेपालीमात्र होइन, भारतीय प्रशासनमा पनि घटना छानबिन र दोषी उपर कारबाहीको माग राख्दै निवेदन दिएका छ्न्। नागरिक स्तरबाट व्यापक दबाब बढेपछि दोस्रो दिन दार्चुला प्रशासनले विज्ञप्ति जारी गरेको छ। तर त्यो ‘काइते शैलीको’ विज्ञप्तिले पीडितलाई झनै पीडा थपेको छ। आलो घाउमा नुन, चुक दलिदिएको छ। मिडियालाई त अप्रत्यक्ष रूपमा धम्क्याइएको छ नै दुई देशको सम्बन्धको ‘हवाला’ दिँदै सर्वसाधारण नागरिकलाई पनि ‘जे पायो त्यही’ अभिव्यक्ति नदिन भनिएको छ। प्रमाण के छ भन्दै प्रश्न सोधिएको त्यो विज्ञप्ति दार्चुला प्रशासन कार्यालयमा नभएर भारतीय राजदूतावासमा तयार पारिएको जस्तो छ। यस्तो विज्ञप्तिलाई सबैले एक नजरमै खारेज गरौं। ‘नेपाल( भारत सम्बन्ध’ का लागि कति जना जयसिङ धामीहरुले महाकालीमा आहुति दिनुपर्ने हो? शासकहरुलाई प्रश्न गरौं। यस्तो असमान सम्बन्ध, व्यबहार र आततायी घटनाको डटेर विरोध गरौं।

त्यसक्षेत्रको तुइन बाध्यताबारे जानकारी दिँदै उनले भनेका छन्–

नेपाल(भारतको पश्चिमी सीमा महाकाली नदीले छुट्ट्याएको छ। यो अन्तर्राष्ट्रिय सीमा भएर बग्ने काली नदिमा पुल निर्माण गर्दा दुवै देशको सहमति अनिवार्य छ। दार्चुला सदरमुकाम उत्तरको क्षेत्रलाई भारतले छिमेकी मुलुक चीनका कारण ‘अति संवेदनशील’ क्षेत्र भनेर सूचीकृत गरेको छ। तुइन अवेध मानेको छ। सीमा वारपारमा निक्कै कडाइ छ। झोलुङ्गे पुल निर्माण गर्ने नेपालको प्रस्ताव र कतिपय ठाउँमा सहमतिलाई पनि लत्याएको छ। तर, दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दाको वाध्यता अर्कै छ। वारिपारी आफन्त बस्छ्न। स्वदेश भएर सदरमुकाम जान मोटरमार्ग छैन। जोखिम मोलेर पनि तुइनको यात्रा गर्न उनीहरु विवश छन्। यो नेपालीको व्यावहारिक समस्या हो। आफ्नै सरकारको बेवास्ता एकातिर छ भने अर्कोतर्फ भारतीय सुरक्षाकर्मीको अमानवीयताले आज मात्रै एकजना होनहार युवाको सपना कालीमा बिलिन भएको छ। जस्तोसुकै परिस्थिति भएपनि यो मानवीय अपराध हो।

‘यो न पहिलो घटना हो, न त अन्तिम होला भनेर आश गर्ने ठाउ छ’
पत्रकार राजेन्द्र नाथ लेख्छन्–
‘तुइन काटेर नेपाली युवालाई महाकालीमा खसाइदिए एसएसबीले’ सुन्दै हृदयविदारक यो अमानवीय घटनाको जति निन्दा गर्दा पनि कमै हुन्छ। यो न पहिलो घटना हो न त अन्तिम होला भनेर आश गर्ने ठाउ छ। महाकालीमा पानी होइन, बर्सेनि दार्चुलेलीहरुको आशु अविरल बगिरहेछ। तर शासकहरुलाई त्यो आशुले पोल्दैन। दुख्दैन। यो प्रकरणमा तत्काल सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्युले आफना भारतीय समकक्षीको ध्यानाकर्षण गर्नु जरुरी छ। वास्तविकता के हो? घटनाको सत्य, तथ्य प्रकाशमा ल्याएर दोषीलाई तत्काल कारबाहीको ग्यारेन्टी माग गर्नुपर्छ। आफ्ना नागरिकहरुको जिउ,ज्यानको रक्षा गर्नेलाई मात्र नागरिक सरकार भनिन्छ। त्यो प्रत्याभूत गराउन ढिलाइ नहोस्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com