अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएस प्रमुखमा पहिलोपटक महिला


प्रकाशित मिति : श्रावण १६, २०७८ शनिबार

अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायतका अध्यागमन विषयहरु हेर्ने सरकारी एजेन्सी युएससीआईएसको प्रमुखमा पहिलोपटक महिला नियुक्त गरिएको छ । अमेरिकी सिनेटले युएससीआईएस प्रमुखमा राष्ट्रपति बाइडेनको छनौटमा रहेकी उर जदउलाई सुनिश्चित गरेको हो ।

युएससीआईएस लामो समयदेखि कार्यवाहक प्रमुखले चलाउदै आएकोमा निर्देशकमा जदउको नियुक्ती सिनेटबाट पारित भएपछि अब युएससीआईएसले पूर्ण प्रमुख प्राप्त गरेको छ । बाइडेन प्रशासनले अध्यागमनका मापदण्डहरुमा परिवर्तन गरेपनि त्यसलाई हेरविचार गर्नका लागि नियुक्त गरिने नेतृत्वको नाम सिनेटबाट पारित हुन बाँकी रहेको थियो ।

अहिलेसम्म डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगतका तीन मुख्य निकायहरु युएससीआईएस, आईस र सीबीपी कार्यवाहकले चलाउँदै आएका छन् । शुक्रबार सिनेटमा गरिएको मतदानमा युएससीआईएस निर्देशकको नियुक्तीका पक्षमा ४७ र विपक्षमा ३४ मत खसेको थियो । डोनाल्ड ट्रम्पको कार्यकालमा सन् २०१९ मा एल फ्रान्सिस सिस्नाले युएससीआईएस छाडेपछि कार्यवाहकले चलाउदै आएका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

ट्रम्प कार्यकाल युएससीआईएस एसाइलम लगायतका अध्यागमन नीतिमा गरिएको कडाईका कारण केन्द्रबिन्दुमा रहदै आएको थियो । तर बाइडेन प्रशासनले युएससीआईएसले आप्रवासीमैत्री बनाउने प्रतिबद्धता जनाउदै आएको छ । ट्रम्प प्रशासनले ल्याएका नीतिहरुलाई उल्टाएर नरम नीतिहरु लागु गर्दै युएससीआईएसलाई बाइडेन प्रशासनले फरक ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।

उर जदउको अध्यागमन कानून, नीति र प्रशासनको क्षेत्रमा दुईदशक लामो अनुभव रहेको छ । उनले अमेरिकाको अध्यागमन प्रणालीलाई न्यायसंगत तरिकाले र निष्पक्ष तरिकाले संचालन गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले अपेक्षा व्यक्त गरेका छन् । मिहिनेती आप्रवासीकी छोरीका रुपमा उनले आप्रवासी परिवारहरुलाई समृद्ध बनाउने र उनीहरुले सामना गरिरहेका समस्यालाई बुझ्ने मेयरकासको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com