बिहीबारदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप दिइने


प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार

काठमाडौं उपत्यकामा बिहीबारदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप दिइने भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार ५० वर्षमाथिका र खोप दिन छुटेकालाई खोप लगाइनेछ।

५० वर्षभन्दा माथिका नागरिकका लागि काठमाडौंमा महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन् भने अन्य १० वटा नगरपालिकाले सम्भव भएसम्म नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राख्ने गरी खोप कार्यक्रम सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामति अस्पताल, शिक्षण अस्पताल महारागन्ज र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ।

यस्तै, फरक क्षमताका व्यक्तिहरुलाई पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले विदेश जाने श्रमिक र विद्यार्थीका लागि भेरोसेल खोप लगाउन काठमाडौं उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ। जसअनुसार उनीहरुले नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा खोप लगाइरहेका छन्। खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने मन्त्रालयको जनाएको छ ।

चीनबाट खरीद गरिएको ४० लाखमध्ये पछिल्लो साता २४ लाख डोज भेरोसेल खोप आएको थियो । सो खोप आएपछि अभियान पुन सञ्चालन गर्न लागिएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com